शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

क्ल्याम्प हुकले इन्जिनियरिङको इन्ट्रान्स कक्षा सञ्चालन गर्ने

सोमबार, ११ असोज २०७८, १२ : ३५
सोमबार, ११ असोज २०७८

इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) अन्तर्गतका इन्जिनियरिङ क्याम्पसहरुले लिने स्नातक तह (ब्याचलर्स) को प्रवेश परीक्षाको तयारी कक्षा ‘क्ल्याम्प हुक एकेडेमी’ले सञ्चालन सुरु गरेको छ । उक्त शैक्षिक संस्थाले असोज १० गते आइतवारदेखि प्रवेश परीक्षाका कक्षाहरू सञ्चालन गर्न लागेको हो ।

प्रतिस्पर्धि बन्दै आएको इन्जिनियरिङ प्रवेश परीक्षाको कक्षा सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको संस्थाले जनाएको छ । अहिले कक्षा १२ को परिक्षा सकिन लागेको छ । आईओईले पनि स्नातक तहको अध्ययनका लागि प्रवेश परीक्षाको मिति सार्वजनिक गर्ने तयारी गरेको छ भने आइओइले प्रवेश परिक्षा पनि अनिवार्य गरेको छ । 

इन्जिनियरिङ आउन चाहने विद्यार्थीहरुले प्रवेश परीक्षाका लागि उपयुक्त वातावरण पाउन र जानकारहरुबाट कक्षा लिएर नतिजा राम्रो ल्याउन सकुन् भन्ने उद्देश्यले अनलाइन कक्षा सञ्चालन गर्न लागिएको संस्थाका संस्थापक विक्की छन्त्यालले जानकारी दिए । खासगरी उपत्यका बाहिरबाट प्रवेश परीक्षाका कक्षाहरू लिन विद्यार्थीहरु काठमाडौं नै आउन नपरोस् र खर्चिलो नहोस् भन्ने उद्देश्यले अनलाइन कक्षा नै सञ्चालन गर्न लागेको बताए ।

क्ल्याम्प हुकले अनलाइन कक्षाहरू सस्तो र सुलभ रुपमा सञ्चालन गर्ने दाबी गरेको छ । प्रवेश परीक्षाका लागि शुल्क ६ हजार तोकेको छ । यसैगरी विद्यार्थीहरुलाई विगतका परीक्षामा सोधिएका प्रश्नहरूबाट पनि अभ्यास गराइने संस्थाले जनाएको छ । प्रवेश परीक्षाका लागि आवश्यक हुने सामग्रीहरु पनि अनलाइन माध्यमबाट नै उपलब्ध गराउने संस्थाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप