शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा ‘द क्लिफ’ र ‘वर्ल्डवाइड एडभेञ्चर’ सम्मानित

सोमबार, ११ असोज २०७८, १५ : ०१
सोमबार, ११ असोज २०७८

काठमाडौं । ४२ औं अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा एडभेञ्चर स्पोर्ट्सको तर्फबाट ‘द क्लिफ प्रालि’ सम्मानित भएको छ । 

सोमबार पर्यटन बोर्डमा आयोजित कार्यक्रममार्फत कम्पनीका क्लिफ प्रालिका तर्फबाट अध्यक्ष राजु कार्की र वर्ल्डवाइड एडभेञ्चर प्रालिका तर्फबाट अध्यक्ष केदार बहादुर थापा सम्मानित भएका हुन् ।

प्रत्येक वर्ष संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले पर्यटन दिवसको अवसरमा पारेर पर्यटन क्षेत्रमा उल्लेख्य योगदान पुर्याउने ब्यक्ति तथा संघसंस्थाहरूलाई सम्मान गर्ने गर्छ । सोही सम्मानको क्रममा यस पटक एडभेञ्चर स्पोर्ट्स पनि समेटिएको हो । 

द क्लिफ प्रालिले कालीगण्डकीको खोंचमा पर्वतको सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने आधा किलोमिटर लामो पुल बनाएर विश्वकै अग्लो स्वीङ र विश्वकै दोश्रो अग्लो बन्जी जम्प सञ्चालन गरिरहेको छ । 

यसका साथै कम्पनीले  स्काइ साइक्लिङ, स्काइ चेयर, जर्ब बल, हाइ रोप स्टेशन जस्ता साहसिक खेलहरु समेत सञ्चालन गरिरहेको छ । २०७३ सालदेखि निर्माण सुरु गरिएको रिसोर्ट र एडभेञ्चर गतिविधि २०७७ कर्तिक १५ देखि सञ्चालनमा आएको थियो ।

वर्ल्डवाइड एडभेञ्चरले ‘धुलिखेल जिपलाइन’ नाममा थाक्लेडाँडा धुलिखेलदेखि खावा, पाँचखालसम्म नेपालकै पहिलो सुपरम्यान जिपलाइन संचालन गरिरहेको छ । ७० किलोमिटर प्रतिघण्टाको औसत गति रहेको जिपलाइनमा व्यक्तिको तौल, हावाको गति र दिशा अनुसार औसत समय १ मिनेट २० सेकण्डमा दुरी पार गर्न सकिन्छ । धुलिखेल जिपलाइनमा क्लासिक, सुपरम्यान र टेन्डम (जोडी) गरि ३ प्रकारका जिपलाइन खेल्ने सुविधा छ । सुपरम्यान र टेन्डम (जोडी) जिपलाइन नेपालमै पहिलो हो ।

२०१९ फेब्रुअरी १४ देखि ब्यवसायिक सन्चालनमा आएको जिपलाइनमा हाल ८ कोठा सहित सुबिधा सम्पन्न रिसोर्ट निर्माण गरिएको छ । ट्री अप (रुख माथीनै बसेर खान मिल्ने गरि बनाइएको रेस्टुरेन्ट) पनि बनाइएको छ भने खावास्थित ‘ल्यान्डिङ स्टेशन’मा करीब २० रोपनी क्षेत्रफलमा ८ फरक एडभेञ्चर कोर्स सहित एडभेञ्चर पार्क समेत निर्माण गरिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप