प्रत्यक्षमा उम्मेदवारी नदिएका विजुक्छे भन्छन्, ‘मैले राष्ट्रिय राजनीतिबाट सन्यास लिएको छैन’
भक्तपुर । नेपाल मजदुर किसानका अध्यक्ष नारायणमान बिजुक्छेंले आफुले राष्ट्रिय राजनीतिबाट सन्यास नलिएको जानकारी दिएका छन् ।
रफत सञ्चार क्लबद्वारा आज आयोजित अन्तक्रिर्या कार्यक्रममा उनले भने ‘नयाँ पुस्तापनि जिम्मेवारी बहन गर्न सक्षम रहेको कारण पार्टीको निर्णय अनुसार नै पुस्ता हस्तान्तरण गरेको हुँ । ’
आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि आफूले उम्मेदवारको मनोनयन दर्ता नगराए पनि राष्ट्रिय राजनीतिबाट सन्यास नलिएको स्पष्ट पारेका छन् ।
आफू प्रतिनिधिसभामा प्रत्यक्षरुपमा संलग्न नभए पनि पार्टीको अध्यक्ष भएरै राष्ट्रिय राजनीति भूमिकामा सक्रिय रहने बताए ।
उनले नेपालको राष्ट्रिय राजनीतिले बाटो बिराउँदै गएको वर्तमान अबस्थामा पार्टी विस्तार भन्दा पनि आफू र आफ्नो पार्टीले सैद्धान्तिक र गुणात्मक विषयको उठान गर्दै अग्रसरता जनाउने बताए ।
वामपन्थी विचारलाई थप सुदृढ र सशक्त गर्नका लागि पार्टीकै राजनीतिमिा सक्रियरुपमा रहने भन्दै बिजुक्छेले अहिले वाम गठबन्धनका रुपमा रहेका नेकपा (एमाले) र नकपा (माओवादी केन्द्र) सत्ताका लागि मात्र गठबन्ध गरेको आरोप लगाए ।
यो गठबन्धन भित्र नै आन्तरिक कलह भैरहेकोले यसले दीर्घकालिन रुप लिन नसक्ने उनको भनाइ छ ।
गठबन्धले देशमा दुई पार्टीको रुपमा देखिने चर्चा गर्दै उनले दुई पार्टीको रुपमा राजनीतिक दलहरु आए झनै राजनीतिक भद्रगोल हुने भन्दै उनले थ्रेस होल्डले प्रजातन्त्रको मर्मलाई अन्त्य गर्ने दाबी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण