एनआरएनए अध्यक्षमा डा केसीद्वारा उम्मेदवारी घोषणा
गैरआवासीय नेपाली संघ एनआरएनएको अध्यक्षमा वर्तमान उपाध्यक्ष डा बद्री केसीले उम्मेदवारी घोषणा गरेका छन् । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरेर केसीले अध्यक्ष पदमा आफ्नो प्यानलसहित उम्मेदवारी घोषणा गरेका हुन् ।
यसअघि नै संघको अध्यक्षमा कुल आचार्य र रविना थापाले पनि उम्मेदवारी घोषणा गरिसकेका छन् । एनआरएनएमा त्रिपक्षीय भिडन्त हुनेगरी उम्मेदवारी घोषणा भएपनि मुख्य भिडन्त केसी र आचार्यबीच हुने देखिएको छ । आचार्य काँग्रेस निकट मानिन्छन् भने केसी एमाले निकट मानिन्छन् ।
उम्मेदवारी घोषणा कार्यक्रममा केसीले आफ्नो टिममा सबैलाई समेट्न प्रयास भएको बताए भने आफूहरु राजनीतिक वादभन्दा माथि रहेको स्पष्ट पार्ने प्रयास गरे ।
उनले उम्मेदवारी घोषणाका क्रममा आफ्नो चुनावी प्रतिबद्धतापत्र पनि सार्वजनिक गरेका छन् ।
व्यवस्थित र सुरक्षित वैदेशिक रोजगारी बनाउने, नेपालमा लगानी तथा एनआरएन नेपाल डेभलपमेन्ट फन्ड अघि बढाउने, संस्थाको पुनर्संरचना एवं सुदृढीकरण गर्ने, नेपाल एवं नेपाली पर्यटन प्रवर्द्धन गर्नेलगायत उनका चुनावी प्रतिबद्धताहरु रहेका छन् ।
यसैबीच केसीको उम्मेदवारी घोषणाका क्रममा उनको टिममा रहेका भनिएकाहरु कुल आचार्य टिमतिर पुगेका छन् । कोषाध्यक्षका उम्मेदवार लोक दाहाल, उपाध्यक्षका उम्मेदवार महेश श्रेष्ठलगायत आचार्य प्यानलतिर लागेका हुन् । यस्तै केसीको टिममा रहेका भनिएका अन्य केही उम्मेदवारले पनि साथ छाड्न लागेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो पटक हुम्ला पुगे दुई टिपर
-
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
-
सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकको रुपमा ग्लोबल आइएमई सम्मानित
-
रुसलाई दिएको समर्थनबारे अमेरिकाले गर्यो चीनलाई प्रश्न
-
६ हजार अफगानी शरणार्थी स्वदेश फर्किए
-
पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता, सुन तस्करीको अनुसन्धानमा दीपेश पुन