बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

हिनामिना गरेको प्रमाणित भए फाँसीमा झुन्डिन तयार छु : गच्छदार

बुधबार, २० असोज २०७८, २१ : ३१
बुधबार, २० असोज २०७८

नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारले ललिता निवास जग्गा प्रकरणमा आफूले एक पैसा पनि हिनामिना नगरेको दावी गरेका छन् । बुधबार गृहजिल्ला सुनसरीको बर्जु गाउँपालिकामा आयोजित एक कार्यक्रममा बोल्दै उपसभापति गच्छदारले सो जग्गा प्रकरणमा एक पैसा मात्रै आफूले हिनामिना गरेको कसैले प्रमाणित गरे फाँसीमा झुन्डिन तयार रहेको चेतावनी समेत दिए । उनले आफू निष्कलङ्क रहेको पनि पटक–पटक दोहोर्याए ।

उपसभापति गच्छदारले भने, ‘मैले ललिता निवास जग्गा प्रकरणमा एक पैसा पनि हिनामिना गरेको कसैले प्रमाणित गरिदियो भने म मृत्युदण्ड भोग्न तयार छु । फाँसीमा झुन्डिन तयार छु । मेरो चुनौति छ– राज्यसँग । मेरो चुनौति छ कि मैले मेरो देशको सार्वजनिक सम्पत्ति एक लाल पैसाको सम्पत्ति पनि हिनामिना गरेको छैन । म निष्कलङ्क छु । ममाथि राजनीतिक प्रतिशोध राखेर अख्तियारमा मुद्दा चलाइएको हो ।’

उपसभापति गच्छदारले केपी ओली नेतृत्वको सरकारले आफू काँग्रेसमा प्रवेश गरेपछि प्रतिशोध साँधेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका मुद्दा दर्ता गराएको आरोप समेत लगाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप