शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

आइतबार, २४ असोज २०७८, ११ : १३
आइतबार, २४ असोज २०७८

नेपाल राष्ट्र बैंकले आज विदेशी मुद्राको विनिमय दर तोक्दै एक अमेरिकी डलरको बिक्री मूल्य १२०.२८ रुपैयाँ तोकेको छ । यस्तै, राष्ट्र बैंकले डलरको खरिद मूल्य ११९.६८ रुपैयाँ तोकेको जानकारी दिएको छ ।  यसैगरी, एक यूरोको बिक्री दर १३९.०९ र खरिद दर १३८.३९ रुपैयाँ तथा पाउन्डको बिक्री दर १६३.८७ र खरिद दर १६३.०५ रुपैयाँ तोकेको जनाएको छ ।

यसका साथै, आज एक अष्ट्रेलियन डलरको बिक्री दर ८७.८४ कायम हुँदा खरिद दर ८७.४० रुपैयाँ कायम भएको छ । यता एसियन मुलुकतर्फ सिंगापुर डलरको बिक्री दर ८८.७२ र खरिद दर ८८.२८ रुपैयाँ तथा १० जापानी येनको बिक्री १०.७६ रुपैयाँमा हुँदा १०.७० रुपैयाँमा बिक्री भइरहेको छ । 

चिनियाँ युआनको बिक्री १८.६५ र खरिद १८.५६ रुपैयाँ तथा साउदी अरबको रियालको बिक्री ३२.०७ र खरिद ३१.९१ रुपैयाँ तोकिएको केन्द्रीय बैंकले जानकारी दिएको छ । कतारी रियालको बिक्री ३२.८७ रुपैयाँ र खरिद दर ३२.७१ रुपैयाँ कायम हुँदा यूएईको दिरामको बिक्री ३२.७५ र खरिद ३२.५८ रुपैयाँ तोकिएको छ । यस्तै, मलेसियन रिंगटको बिक्री २८.७९ र खरिद २८.६५ रुपैयाँ कायम भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप