कुटपिटबाट पत्नीको मृत्यु, पति पक्राउ
आइतबार, ३१ असोज २०७८, १४ : ३५
घरायसी विषयमा झै-झगडामा कुटपिट हुँदा रसुवा नौकुण्ड गाउँपालिका-५ भोर्लेडाँडा टोल बस्ने ६५ वर्षीया कान्छी माया गमदानको मृत्यु भएको छ । घटनामा प्रहरीले उनको पतिलाई पक्राउ गरेको छ ।
आपसी झगडामा उनकै पति ७८ वर्षीय बुद्धीबहादुर गमदानले शनिबार बिहान कान्छीमायालाई लात्ती प्रहार गर्दा पिँडीबाट आँगनमा बजारिन गई गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कालिकास्थानबाट खटिएको प्रहरीले घाइतेलाई उपचारका लागि त्रिशूली अस्पताल नुवाकोट पठाएकोमा उपचारको क्रममा शनिबार बेलुकी उनको मृत्यु भएको हो । कुटपिटमा संलग्न बुद्धीलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
दोस्रो चरणमा उत्तर प्रदेशमा सबैभन्दा कम मतदान, कस्तो छ अन्य राज्यको अवस्था ?
-
‘फोर्स मर्जर’ को असर : १९४ वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज !
-
इन्क्रिप्सन तोड्न बाध्य भए भारत छोड्छु : ह्वाट्सएप
-
धेरै अमेरिकी कम्पनीले ठुलो लगानी लिएर नेपाल आउन चाहेका छन् : अतुल
-
महानगरपालिकाको कार्यालय समय अब बिहान ९ बजेदेखि