अमेरिकामा गोलीकाण्ड, पसलका सञ्चालक एक नेपालीको मृत्यु
अमेरिकाको मासाचुसेट्स राज्यको एक पसलमा भएको गोलीकाण्डमा पसलका सञ्चालक एक नेपालीको मृत्यु भएको छ । गोली लागेर ५४ बर्षीय लालकिशोर महासेठको मृत्यु भएको हो । उनी मासाचुसेट्स राज्यको फल रिभरमा परिवारसहित बसोबास गर्थे ।
महासेठका पत्नी, दुई छोरा र छोरी अमेरिकामै बसोबास गर्छन् । प्रहरीका अनुसार पसलमा केही खाने कुरा लिन लाग्दा अज्ञात व्यक्तिले पैसा तिर्ने काउन्टर पछाडिबाट महासेठको छातीमा गोली चलाएको थियो ।
फल रिभर प्रहरीलाई राति १०ः३० बजे उक्त पसलमा गोली चलेको खबर आएको थियो । ब्रिस्टोल जिल्ला अधिवक्ताको कार्यालयका अनुसार २०१ रक मार्गस्थित स्टप एण्ड सेभ नामक सुबिधा पसलमा गोली चलेपछि ९११ मा प्रहरीलाई खबर आएको थियो ।

स्थानीय सञ्चार माध्यमका अनुसार मासाचुसेट्सको फल रिभर भन्ने शहरमा सोमबार राति घटनामा भएको हो । जिल्ला सरकारी वकिलको कार्यालयका अनुसार उनलाई एम्बुलेन्सबाट चार्लटन मेमोरियल अस्पताल पुर्याइएको थियो । अस्पतालले राति ११ बजे उनलाई मृत घोषित गरेको छ ।
प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । गोली हान्ने व्यक्ति २० देखि ३० बर्ष उमेरको र ५ फिट ७ इन्च देखि ५ फिट ९ इन्च अग्लो भएको प्रहरीले स्केच समेत सार्वजनिक गरेको छ ।

अपराधीले गाडा रंगको बस्त्र र खैरो रंगको पिठ्युमा भिर्ने झोला सहित खैरो नाइकी स्नीकर्स जुत्ता लगाएको पाइएको छ । साथै उन्क्त व्यक्तिको औंलाको नजिक उनको हातको दाहिने भित्री भाग मा एक ट्याटु (कलान्यास) समेत भएको प्रहरीले जानकारी दिएको छन् ।
यो घटनाको मधेसी एसोसिएसन अफ अमेरिकाले निन्दा गर्दै वक्तव्य जारी गरेको छ । महासेठ मधेसी एसोसिएसन अफ अमेरिकाका संस्थापक सदस्य थिए । उनी न्यू इङल्यान्ड शाखाका संस्थापक अध्यक्ष समेत थिए । हाल उनी यस संस्थाको केन्द्रीय सल्लाहकार समितिका सदस्य थिए ।
तस्बिर स्रोत : मधेसी एसोसिएसन अफ अमेरिका तथा एनबीसी बोस्टन
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
-
कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग
-
रास्वपाका सांसद पार्टीको अधिवेशनमा गएपछि राज्यव्यवस्था समिति बैठक स्थगित
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण