कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग
काठमाडौँ । उच्च अदालत पाटनले इजरायलको दीर्घकालीन स्याहार केन्द्र (केयरगिभर) मा रोजगारीका लागि जाने नेपाली कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा सरकारसँग लिखित जवाफ मागेको छ ।
राजेश खड्कासहित ११ जना युवाहरूले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश रमेश प्रसाद ज्ञवालीको इजलासले वैदेशिक रोजगार विभाग र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग लिखित जवाफ मागेको हो ।
साथै अदालतले ‘अन्तरिम आदेश’ जारी गर्ने कि नगर्ने भन्नेबारे छलफल गर्न दुवै पक्षलाई जेठ २८ गते अदालत उपस्थित हुन भनेको छ ।
इजरायल जानका लागि प्रक्रिया पूरा गरेका ३ हजार ४ सय ६१ जनाको नाम विभागले इजरायलको जनसङ्ख्या तथा अध्यागमन प्राधिकरणमा पठाएको थियो ।
जसमध्ये २ हजार २ सय २ जनाको नाम छनौट गरी पठाएको भए पनि विभागले २ हजार १ सय १२ जनाको मात्र सूची सार्वजनिक गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण