शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

जागिर लगाइदिने भन्दै १४ लाख ५० हजार ठगी

बुधबार, ०३ कात्तिक २०७८, १७ : २७
बुधबार, ०३ कात्तिक २०७८

राष्ट्रिय अनुसन्धान विभागको अनुसन्धान अधिकृत पदमा जागिर लगाइदिने भन्दै ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । तनहुँको शुक्ला गण्डकीकी दुर्गा पौडेललाई न्यौपानेबाट १५ लाख ५० हजार ठगी गरेको अभियोगमा महानगरीय अपराध महाशाखाको टोलीले झापाको कनकाई नगरपालिका ३ घर भइ चाबहिल बस्ने निलम भट्टराईलाई पक्राउ गरेको हो । 

पटक पटक गरी दुर्गाबाट १४ लाख ५० हजार असुल गरेको र पछि जागिर पक्का भयो भन्दै काठमाडौं बोलाएर निलम सम्पर्कविहीन भएका थिए । पीडितले दिएको उजुरीको आधारमा महाशाखाको टोलीले निलमलाई सुर्खेतमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको महाशाखाका सूचना अधिकारी प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए । 

मंगलबार पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि बुधबार महानगरीय प्रहरी परिसर टेकुमा पठाइएको उनको भनाइ छ । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप