शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

चीनले आक्रमण गरे हामी ताइवानलाई जोगाउँछौ : बाइडेन

शुक्रबार, ०५ कात्तिक २०७८, १२ : २६
शुक्रबार, ०५ कात्तिक २०७८

अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनले आक्रमण गरेमा ताइवानको रक्षार्थ अमेरिका खडा हुने बताएका छन् । ‘हो, हामीले त्यस्तो गर्ने प्रतिवद्धता गरेका छौं,’ ताइवानका विषयमा सोधिएको प्रश्नमा बाइडेनले भने ।  यसलाई चीनप्रतिको अमेरिकी विदेश नीति परिवर्तन भएको भनेर बुझ्न नमिल्ने ह्वाइट हाउसका प्रवक्ताले जनाएका छन् । यता, ताइवानले पनि बाइडेनको यो अभिव्यक्तिले चीनप्रतिको आफ्नो पोजिसन परिवर्तन नहुने प्रतिक्रिया दिएको छ । 

लामो समयदेखि ताइवानको रक्षा गर्ने विषयमा अमेरिकी नीति अस्पष्ट छ । यदि, चीनले ताइवानमाथि आक्रमण गरेमा अमेरिकाले कस्तो जवाफ फर्काउँछ भन्ने विषय अस्पष्ट छ ।  चीनले ताइवानलाई आफूबाट अलग्गिएको एक प्रान्तका रुपमा बुझ्छ, आवश्यक परेको दिन बल प्रयोग गरेर यसलाई आफ्नो मातहत ल्याउन सकिने चिनियाँ बुझाई छ । यता, ताइवानले आफुलाई सार्वभौमसत्ता सम्पन्न राष्ट्र ठान्छ । 

अमेरिका र ताइवानबीच आधिकारिक रुपमा कुटनीतिक सम्बन्ध छैन । तर, ताइवान रिलेसन्स एक्टअन्तर्गत  उसले ताइवानलाई हतियार बेच्छ । यही ऐनमा ताइवानले आफ्नो रक्षा गर्न खोज्दा अमेरिकाले सहयोग गर्नैपर्ने उल्लेख छ । 
ताइवानका राष्ट्रपतिका प्रवक्ता जाभियर चेंगले आफ्नो रक्षाका लागि ताइवान प्रतिवद्ध रहेको बताएका छन् । त्यस्तै, बाइडेन प्रशासनले ताइवानको समर्थनमा निरन्तर रुपमा कडा अडान लिइरहेको विषय आफ्नो जानकारीमा आएको उनले बताएका छन् । 

बाइडेनले चीनसँगको अन्तर्राष्ट्रिय द्वन्द्वबारे आफु चिन्तित नरहेको बताएका थिए । उनले भनेका थिए, ‘चीन, रुस र बाँकी विश्वलाई थाहा छ कि हामी विश्व इतिहासकै सबैभन्दा शक्तिशाली सेना हौं ।’ पछिल्लो समय चीन र ताइवान बीचको तनाव बढ्दो छ । बेइजिङले केही अघिमात्रै ताइवानको एयर डिफेनस क्षेत्रमा दर्जनौं लडाकु विमानहरु पठाएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप