स्रोत नखुलेको १८ लाख नगद र सुनसहित २ जना पक्राउ
शुक्रबार, ०५ कात्तिक २०७८, १३ : ४७
सुनसरीको धरान उपमहानगरपालिका–२ स्थित रत्न रोडबाट प्रहरीले स्रोत नखुलेको १८ लाख नगद र सुन सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका–१५ सगरमाथा लाइन बस्ने ४८ वर्षीय रामबहादुर श्रेष्ठ र धनकुटा महालक्ष्मी नगरपालिका–२ बस्ने ३४ वर्षीय चन्द्रप्रसाद श्रेष्ठ रहेका छन् ।
ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरुको साथबाट बिल नभएको २ सय ५८ ग्राम भन्दा बढी सुनका बाला बरामद गरेको छ । आरोपीहरुबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुम्लामा खडेरी, खेतमै सुक्यो बाली
-
भारत : तेस्रो चरणको चुनावमा औसत ६४.४० प्रतिशत मतदान, सबैभन्दा कम उत्तर प्रदेशमा
-
अमेरिकाले इजरायल जाने बमको खेप रोक्यो
-
बारामा ८ महिनापछि वर्षा, वन्यजन्तु र डढेलो नियन्त्रणमा राहत
-
पीएसजीलाई हराउँदै वोरुसिया डर्टमुण्ड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा
-
गौरीगङ्गामा अवैध काठ बरामद