भारत : तेस्रो चरणको चुनावमा औसत ६४.४० प्रतिशत मतदान, सबैभन्दा कम उत्तर प्रदेशमा
बुधबार, २६ वैशाख २०८१, १० : ०४
नयाँ दिल्ली । लोकसभा चुनावको तेस्रो चरणको लागि मंगलबार ११ राज्यको ९३ लोकसभा सीटमा मतदान भएको थियो। निर्वाचन आयोगका अनुसार मंगलबार राति ११ः४० बजेसम्म ९३ सिटमा औसत ६४.४० प्रतिशत मतदान भएको छ ।
निर्वाचन आयोगले मतगणनाको अन्तिम तथ्यांक सार्वजनिक नगरेकाले मतदान प्रतिशतमा परिवर्तन हुने अपेक्षा गरिएको छ । आयोगका अनुसार असममा सबैभन्दा बढी ८१.६१ प्रतिशत र सबैभन्दा कम उत्तर प्रदेशमा ५७.३४ प्रतिशत मतदान भएको थियो।
कहाँ र कति मत खस्यो ?
बिहार- ५८.१८
छत्तीसगढ - ७१.०६
दादरा, नगर हवेली र दमन दीव- ६९.८७
गोवा - ७५.२०
गुजरात - ५८.९८
कर्नाटक - ७०.४१
मध्य प्रदेश - ६६.०५
महाराष्ट्र - ६१.४४
पश्चिम बंगाल - ७५.७९
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण