अमेरिकाले इजरायल जाने बमको खेप रोक्यो
बुधबार, २६ वैशाख २०८१, ०९ : ५७
वासिङ्टन । अमेरिकाले रफाह हमलालाई ध्यानमा राख्दै इजरायल जाने बमको खेप रोकेको बताएको छ । बाइडेन प्रशासनका एक वरिष्ठ अधिकारीका अनुसार उक्त खेपमा ९०७ केजी तौलका १८०० बम र २२० केजी तौलका १७०० बम थिए।
इजरायलले गाजाको रफाहमा आक्रमण गर्ने बताउँदै त्यहाँ बस्ने करिब एक लाख मानिसलाई आफ्नो ठाउँ छोड्न भनेको छ। सेनाले इजरायली सीमा नजिक पूर्वी क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई खान युनिस र अल(मावासीमा जान निर्देशन दिएको हो।
अमेरिकाले रफाहमा शरण लिइरहेका मानिसहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्ने योजना नबनाएसम्म रफाहमा इजरायली आक्रमणलाई समर्थन नगर्ने बताएको छ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले धेरै महिनादेखि रफाहमा हमासविरुद्ध ठूलो मात्रामा कारबाही नगरेसम्म युद्ध जित्न नसकिने कुरामा जोड दिँदै आएका छन्।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोमबार कुन-कुन राशिलाई मिल्ला लाभ ? हेर्नुहोस् राशिफल
-
नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा
-
‘आतङ्कवादलाई समर्थन गरेको’ अभियोगमा प्यालेस्टिनी पत्रकारलाई २० महिना जेल सजाय
-
खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण