शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सिके राउतविरुद्ध प्रदर्शन, कार्यकर्तामाथि चलाइयो मुद्दा

शुक्रबार, ०५ कात्तिक २०७८, १६ : १३
शुक्रबार, ०५ कात्तिक २०७८

जनमत पार्टीका अध्यक्ष सिके राउतविरुद्ध जनकपुरमा प्रदर्शन भएको छ । नेपाल ईन्जिनियर एशोसिएशन, नेपाल राष्ट्रिय ईन्जिनियर संगठन, निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियन, नेशनल ईन्जिनियर्स एशोसिएशन नेपाल, नेपाल तराई ईन्जिनियर्स समाज, मधेशी डेमोक्रेटिभ सोसाइटीले संयुक्तरुपमा प्रदर्शन गरेका हुन् ।

सिके राउत नेतृत्वको जनमत पार्टीका नेता तथा कार्यकर्ताले हिजो खानेपानी तथा ढल निकास कार्यालयका निमित्त प्रमुख राजेश्वर कुशवाहालाई कालोमोसो दली अर्धनग्न अवस्थामा शहर परिक्रमा गराएका थिए । त्यसको विरुद्धमा ती संगठनहरुले आज प्रदर्शन गरेका हुन् ।


प्रदर्शनकारीहरूले ‘सिके चोर, देश छोड’ ‘ईन्जिनियर राजेश कुशवाहालाई न्याय देऊ’ भनि नारा लगाएका छन् । उता, सिके राउतका नेता तथा कार्यकर्ताले धनुषाको सिडियो कार्यालयमा प्रदर्शन गरेका छन् । हिजोको घटनामा मुछिएका १७ जनालाई प्रहरीले प्रकाउ गरेको थियो । त्यसको रिहाइको माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

यता, जिल्ला प्रहरी कार्यालय धनुषाले हिजो पक्राउ गरेकामाथि मुद्दा चलाएको छ । ‘अपराधी प्रवेश तथा अपराधी उपद्रव’ शीर्षकमा उनीहरुमाथि मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप