शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेले विद्युतीय मतदानमार्फत नेतृत्व छान्ने

शुक्रबार, ०५ कात्तिक २०७८, २० : ५६
शुक्रबार, ०५ कात्तिक २०७८

नेकपा एमालेका १० औं महाधिवेशनमा विद्युतीय मतदानमार्फत नेतृत्व छान्ने भएको छ ।  शुक्रबार सम्पन्न पार्टी स्थायी कमिटी बैठकले चितवनमा हुने महाधिवेशनबाट नेतृत्व चयन गर्दा विद्युतीय मतदान हुने व्यवस्था मिलाउने निर्णय भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । 

यस सम्बन्धमा आवश्यक प्रक्रिया अगाडि बढाउन केन्द्रीय निर्वाचन आयोगलाई अनुरोध गर्ने निर्णय समेत भएको छ ।  एमाले  पार्टीको  दसौँ राष्ट्रिय महाधिवेशन आगामी २०७८ मङ्सिर १०– १२ मा चितवनमा गर्ने निर्णय भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप