प्रहरी अस्पतालमा अनियमितताको आशंका , छानबिन गर्न समिति गठन
नेपाल प्रहरी अस्पतालमा अनियमितता भएको आशंकामा छानबिन थालिएको छ । अस्पताल प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. आशा सिंहले अस्पतालमा आवश्यक सामग्री खरिद गर्दा अनियमितता गरेको आरोप छ । त्यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुर परेको थियो । अख्तियारले अस्पतालमा भएको भनिएको अनियमितता छानबिन गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।
अनियमितता छानबिनका लागि प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलको नेतृत्वमा समिति गठन गरिएको प्रहरी प्रवक्ता (एसएसपी) वसन्त कुँवरले रातोपाटीलाई बताए । समितिमा आईजीपीको सचिवालयमा कार्यरत डिआईजी वसन्त लामा, उजुरी छानबिन शाखा र कानुन शाखाका प्रतिनिधि सहित ५ जना सदस्य छन् ।
अस्पताल प्रमुख डा. आशाले कमसल औषधी खरिद गर्ने गरेको र आवश्यक सामान नकिनेर अनावश्यक सामग्री किनेर मोटो रकम कमिसन खाने गरेको आरोप छ । प्रहरी अस्पतालका प्रमुख डा. सिंह र डिआईजी डा. मिनराज पाठक बीचमा विवाद छ । आफूलाई पछि पारेर सिंहलाई अस्पताल प्रमुख बनाएकोमा पाठक असन्तुष्ट थिए । नेपाली काँग्रेस निकट मानिने पाठक डा. आशालाई हटाएर आफू प्रमुख बन्ने चलखेलमा लागेको जानकारहरू बताउँछन् ।
अस्पतालमा भएको अनियमितता बारे राष्ट्रिय सतर्कता केन्द्रले पनि छानबिन गरिरहेको छ । एआईजी पोखरेल नेतृत्वको समितिलाई यथाशीघ्र छानबिन प्रतिवेदन बुझाउन कार्यादेश दिइएको प्रहरी प्रवक्ता कुवरले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण