रुपन्देहीमा राष्ट्रिय परिचय पत्र बनाउने टोलीको क्यामेरा चोरी
मङ्गलबार, ०९ कात्तिक २०७८, १७ : ४८
रुपन्देहीको कञ्चन गाउँपालिकामा फोटोसहितको राष्ट्रिय परिचयपत्र बनाउने टोलीको क्यामेरा नै चोरी भएको छ । प्रहरीले जिल्लाको कञ्चन–४ अस्नैयामा अवस्थित रुद्रपुर माध्यमिक विद्यालयमा रहेको परिचयपत्र बनाउने केन्द्रबाट २ वटा डिएसएलआर क्यामेरा चोरी भएको बताएको छ ।
विद्यालयमा परिचयपत्र बनाउने कोठाको ढोका फोडेर क्यामेरा चोरी भएको हो । विद्यालयमा रहेका चौकीदार हेमलाल राना खाना खानका लागि घरमा गएको मौका पारी ढोका फोडेर चोरी भएको हुन सक्ने प्रहरीको अनुमान छ । २ वटा क्यामेरा हालको बजार मूल्य अनुसार १ लाख ३० हजार पर्ने बताइएको छ । इलाका प्रहरी कार्यालय रुद्रपुरका प्रमुख प्रहरी निरीक्षक देवेन्द्र कुमार मल्लले चोरि घटनामा बारे अनुसन्धान शुरु भएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षणमा समेत बिचौलियाको बिगबिगी
-
हाम्रो औकात, क्षमता र आवश्यकता अनुसार खेलकुदको योजना बनाउँछौँ : मुख्यमन्त्री कँडेल
-
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै
-
नर्सिङ सुन्दरीले देखाए ट्यालेन्ट
-
आठौँ पोखरा स्पोर्ट्स अवार्ड : वर्ष उत्कृष्ट खेलाडी अर्जुन र सुस्मिता
-
धरानमा बन्यो कृषि तथा खाद्य प्रविधि अनुसन्धान केन्द्र