एमाले अधिवेशनमा धरहरासहित ओलीको प्रचार (फोटो/भिडियो)
मंगलबार काठमाडौँको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृह एमालेको झण्डा, चुनाव चिन्ह र पार्टी अध्यक्ष केपी ओलीको तस्विरले रंगिएको थियो । सभाहल बाहिर तथा भित्र ठाउँठाउँमा धरहरा र रानीपोखरीको फोटोसँगै ओलीको फोटो अंकित फ्लेक्स ब्यानर टाँसिएको थियो । जहाँ धरहरा र रानीपोखरीलाई केपी ओलीको परिपूरकका रुपमाझै प्रचार गरिएको थियो । एमालेले मंगलबार देशभरका ७ सय ५३ स्थानीय तहमा एकसाथ पालिकास्तरीय अधिवेशन गरेको हो । अध्यक्ष ओलीले भर्चुअल माध्यमबाट ती अधिवेशनहरूलाई एकैसाथ सम्वोधन गरेका थिए ।
राष्ट्रिय सभागृहको हलमा अधिवेशनका प्रमुख अतिथि थिए पार्टीका महासचिव ईश्वर पोखरेल । उनले जुन बेला सम्बोधन गरिरहेका थिए, त्यही बेला ओलीले भर्चुअल रुपमा सम्बोधन गर्ने बेला परेको थियो । जसका कारण पोखरेलले लामो सम्बोधन गर्न पाएनन् ।
उनले पार्टीको नीति नै पार्टीको हरेक तहमा सर्वसम्मतिले पदाधिकारी चयन गर्ने रहेको बताउँदै नगर कमिटीमा नअटेका व्यक्तिहरुका लागि पार्टीको अन्य संरचनामा समावेश गर्ने उल्लेख गरे । उनले नेपालमा सप्तरङ्गी झै विविधता रहेको बताउँदै समावेशी ढंगको कमिटी निर्वाचित गर्न आग्रह गरे । पोखरेलले महिला नयाँ कमिटी निर्वाचन गर्दा महिला प्रतिनिधित्व हुनुपर्ने स्थानमा पुरुष पदाधिकारी नराख्न आग्रह गरे । महिलाको योग्यता नपुगेर कुनै पदमा ठाउँ खाली भए त्यसमा पुरुष पदाधिकारी नराखी महिलाका लागि सिट सुनिश्चित गर्न आग्रह गरे । साथै पार्टीले २०७४ सालको निर्वाचनमा पाएको सफलता भन्दा माथिल्लो स्तरको सफलता दिलाउन पनि आग्रह गरे ।
ओलीले भर्चुअल रुपमा गरेको सम्बोधन हेर्नका लागि हलमा डिजिटल डिस्प्लेको व्यवस्था गरिएको थियो ।
सर्वसहमतीको नारा, पदाधिकारी चयनमा विवाद नहुने कार्यकर्ताको दावी
काठमाडौं महानगरको अधिवेशनमा आएका एमाले प्रतिनिधिहरुले पार्टीको नीति नै सर्वसहमति गरेर जाने भएकोले नेतृत्व चयनमा विवाद नहुने बताइरहेका थिए । कतिपय कार्यकताहरु नयाँ पदाधिकारीहरु अगाडि नै तयार पारिसकेकोले घोषणा गरेर जाने काम हुने बताइरहेका थिए ।
काठमाडाैं महानगरपालिका वडा नम्बर ३१ की अध्यक्ष हुमादेवी अर्यालले पार्टीको निर्देशन अनुसार सबैलाई मिलाएर सर्बसहमतीबाट पदाधिकारी चयन गरेको जानकारी दिइन् । उनले भनिन्, ‘पार्टीको निर्देशन अनुसार, महिला, जनजाती, अपाङ्ग सबैलाई मिलाएर कमिटीहरु निर्माण गरेका छौँ । आगामी निर्वाचनलाई लक्षित गरी कसले नेतृत्व गर्न सक्छ त्यस्तो व्यक्तिलाई नेतृत्वको रुपमा हेरिरहेकोले सर्बतसम्म रुपमा नेतृत्व चयन हुन्छ ।’ उनले पार्टीमा कसैलाई पनि पक्षपात नगरी अगाडि बढ्ने बताइन् ।
महाधिवेशनका प्रतिनिधि अशोक बज्राचार्यले माथिल्लो तहबाटै सहमति गरेर जानु भन्ने निर्देशन अनुसार सहमतिमा नेतृत्व चयन गरेर जाने बताए ।
हेर्नुहोस् भिडियो :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण