शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटमा मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु

मङ्गलबार, १६ कात्तिक २०७८, ०७ : ४२
मङ्गलबार, १६ कात्तिक २०७८

रौतहटको पूर्वीभेग स्थित मोटरसाइकल दुर्घटनामा परेर एकजना प्रहरी जवानको मृत्यु भएको छ । गढी माई नगरपालिकाको धरमपुरस्थित बागमती नदीको पुलमा ठोक्किएर गएराति एकजना प्रहरी जवानको मृत्यु भएको हो । सर्लाहीको धनकौल वैरिया घर भई दुर्गा भगवती गाउँपालिका  बडहराका प्रहरी चौकीमा कार्यरत  ३३ बर्षिय रामनिवास यादवको बागमती नदीको पुलमा सोमवार राति सवा ८ बजे मोटरसाइकल दुर्घटना भई मृत्यु भएको  प्रहरीले जनाएको हो ।

दुर्घटना लगत्तै इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीको नेतृत्वका इप्रका पिपरा रजबाडा सहितको टोली घटनास्थल पुगेको थियो ।  डिएसपी श्रीराम भण्डारीले घटनाको कारणबारे अनुसन्धान भइरहेको तथा मृतक प्रहरी जवान यादवको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर  पठाइएको डिएसपी भण्डारीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप