डोल्माको नाममा जम्मा भएको ३१ लाख एनआरएनएद्वारा झ्वाम !
काठमाडौं–गैरआवासीय नेपाली संघ (एनअारएनए)ले पूर्व निर्णयलाई वेवास्ता गर्दै डोल्मा शेर्पाको लागि संकलित रकम आफ्नै खातामा जम्मा गरिने जनाएको छ । २००८ मा कुवेतमा मृत्युदण्डको सजायँ पाएकी गोर्खाकी डोल्मा शेर्पाको ज्यान बचाउन भन्दै विश्वभरबाट रकम संकलन गरिएको थियो ।
गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष शेष घलेले आठौं विश्व सम्मेलनमा संकलित रकम डोल्मा शेर्पालाई हस्तान्तरण गरिने वताएका थिए । शेर्पाका लागि संकलित रकम मध्यको ३१ लाख रुपयाँ उनलाई प्रदान नगरि संघकै खातामा रहने जनाइएको छ ।
ब्लड मनिका लागि गैर आवासीय नेपाली संघले २००८ को मार्च देखि अक्टोवरसम्ममा रु. ३७ लाख ४९ हजार ७४१ संकलन गरेको थियो । संकलित रकमबाट शेर्पाका छोराको पढाई खर्चका लागि अक्षय कोष संचालन गर्न २००८ मा तिन लाख रुपयाँ हस्तान्तरण गरिएको संघका प्रवक्ता भुषण घिमिरेद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।
प्रवक्ता घिमिरेले संकलित रकम आठौं विश्व सम्मेलनमा शेर्पालाई हस्तान्तरण गर्ने विषयमा सातौं कार्यसमितीमा निर्णय भएको नभेटिएको वताए । सजायबाट मुक्त गर्नका लागि रकम संकलन गरिएको तर जेलमुक्त भईसकेपछि संकलित रकम उनिलाई नै प्रदान गर्ने निर्णय नगरिएको वताए । विभिन्न प्रयोजनका लागि उठाइएको रकमबाट वचेको आर्थिक आपतकालिन वैदेशिक रोजगार कोषमा जम्मा हुने गरेको उनले वताए ।
नेपाल फिर्ता भइसकेपछि पनि शेर्पालाई संकलित रकम हस्तान्तरण गर्नुपर्छ भन्नु तर्कसंगत नहुने घिमिरेले वताए । आर्थिक समस्या परेका नेपालीको संख्या लाखौं रहेको वताउदै घिमिरेले भने ‘सजाय भुक्तान गरिसकेपछि पनि उनलाई रकम दिने वारे कहिं निर्णय गरिएको छैन ।’ विगतमा भएको निर्णयलाई सार्वजनिक गरिएको उनले वताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण