शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकीमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि

शुक्रबार, २६ कात्तिक २०७८, १७ : १३
शुक्रबार, २६ कात्तिक २०७८

गण्डकी प्रदेशमा थप ४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो चौबिस घण्टामा ३९४ जनामा गरिएको नमूना परीक्षणमा ४३ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये १५ महिला २८ पुरुष रहेका छन् ।

प्रदेशमा विभिन्न जिल्लाहरुमा गरिएको नमूना परिक्षणमा सबैभन्दा धेरै संक्रमित कास्कीमा भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्‍चालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए ।  उनका अनुसार कास्की २४,बागलुङ ३, स्याङजा ५, म्याग्दी २, पर्वत १,तनहुँ ६ र नवलपरासी पूर्वमा २ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८७ हजार ६१४ पुगेको छ । 

प्रदेशमा पछिल्लो चौबिस घण्टामा ७६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८५ हजार ८४१ पुगेको छ भने होम आइसोलेसनमा ३११ जना रहेका छन् ।  
त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संख्या ३७२ पुगेको निर्देशनालयले जानकारी दिएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप