पाँच प्रकारका निःशुल्क औषधि सरकारले हटायो, सट्टामा अरू नै ल्याइने
काठमाडौँ – नेपाल सरकार प्राथमिक स्वास्थ्य पुनर्जागरण महाशाखाले यो आर्थिक वर्षदेखि निःशुल्क वितरण गर्दै आइरहेको पाँच प्रकारका औषधि हटाएको छ ।
महाशाखाले दिएको जानकारी अनुसार क्लोरोफेनरामिन ४ एमजी ट्याब्लेट, सल्फामथोक्सजोल, ट्रिमथ्रोन १२० डी.टी. ट्याबलेट, भिटामिन बी कम्प्लेक्स क्याप्सुल, एल्युमिनियम हाइड्रोक्साइड म्याग हाइड्रोक्साइड ट्याब्लेट र बामाबेनेज हेक्सा क्लोराइड जस्ता प्रकारको औषधि यो वर्षबाट हटाइएको हो ।
हटाइएकामध्ये चार प्रकारका औषधिको सट्टामा काम गर्ने अरू औषधि ल्याउन टेन्डर गरेको छ । भिटामिन बी कम्प्लेक्स भने खरिद गरिने छैन । भिटामिन बी कम्प्लेक्सको काम अरू नै भिटामिनहरूले गर्ने हुँदा जरुरी नभएका कारण टेन्डर नभरेको जनाइएको छ ।
क्लोरोफेनरामिनको सट्टामा सेन्ट्रिजिन, सल्फामथोक्सजोल, ट्रिमथ्रोन १२०, डी.टी ट्याबलेटको सट्टामा एमोक्सिलिनलाई राखिएको छ । यस्तै एल्युमिनियम हाइड्रोक्साइड, म्याग हाइड्रोक्साइड ट्याबलेटको सट्टामा रेनिटिडिन ल्याउने भएको छ । यस्तै बमाबेन्जेन हेक्जाक्लोराइडका सट्टामा पर्मिथ्रिनको टेन्डर गरिएको छ ।
यी चार प्रकारका नयाँ औषधिका नामसँगै २६ प्रकारको निःशुल्क वितरण गरिने औषधिको पनि टेन्डर गरिएको छ । नयाँ औषधिले बिरामीका लागि राम्रो हुने जनाइएको छ ।
निःशुल्क वितरण गरिने ७० प्रकारको औषधिमा महाशाखाले ३७ अन्य ३३ प्रकारका औषधि स्थानीय निकाय र अस्पताललाई खरिदको जिम्मा दिइएको छ । यो वर्ष अर्थमन्त्रालयले पुनर्जागरण महाशाखालाई यो वर्ष औषधि खरिदका लागि एक अरब ५ करोड बजेट विनियोजन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण