४६ वर्षको उमेरमा जुम्ल्याहा सन्तानकी आमा बनिन् प्रिति जिन्टा
बलिउड नायिका प्रिति जिन्टा जुम्ल्याहा सन्तानकी आमा बनेकी छिन् । प्रिति आफैंले सोसल मिडियामार्फत् यसबारे जानकारी दिएकी हुन् । प्रितिले सोसल मिडिया पोस्टमा आफ्ना दुई सन्तानको नाम पनि सार्वजनिक गरेकी छिन् । प्रितिले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा श्रीमानसँगको फोटोसहित एक विशेष नोट सेयर गरेर यसबारे जानकारी दिएकी हुन् ।
प्रितिले आफ्नो पोस्टमा लेखेकी छिन्, ‘म आज तपाईंहरु सँग हाम्रो खुसीको खबर साझा गर्न चाहन्छु । म र जीन असाध्यै धेरै खुसी छौं । हाम्रो मनमा यति धेरै कृतज्ञता र प्रेम भरिएको छ किनभने हाम्रो घरमा जुम्ल्याहा बच्चा जे जिन्टा गुडइनफ र जिया जिन्टा गुडइनफले जन्म लिएका छन् ।
प्रितिले डाक्टर, नर्स र सरोगेटलाई धन्यवाद भनिन्ः
प्रीति जिन्टाले आफ्नो पोस्टमा थपिन्, ‘हामी आफ्नो जीवनको नयाँ अध्यायका लागि निकै उत्साहित छौं । हाम्रो यो अभूतपूर्व यात्रामा सहयात्री बनेकोमा सबै डाक्टर, नर्स र हाम्रो सरोगेटलाई मनैदेखि धन्यवाद प्रदान गर्न चाहन्छौं । सबैलाई धेरै माया । ’
प्रीतिको यो पोस्टमार्फत् उनी सरोगेसीमार्फत् आमा बनेकी हुन् भन्ने स्पष्ट हुन्छ । प्रीतिले आफ्नो नयाँ जीवनलाई खुसी खुसी स्वागत गरेकी छिन् ।
प्रीतिको यो पोस्टमा धेरैले बधाई दिइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२४ लाख बराबरका मोबाइल, फोन बरामद
-
अब श्रमिक उडाउँदैमा जिम्मेवारी नसकिने, म्यानपावरले अनिवार्य अनुगमन गर्नैपर्ने
-
महिला यात्रुलाई हैरानी पार्ने इनड्राइभ र याङ्गो राइडर पक्राउ
-
स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयकले स्वास्थ्य क्षेत्रमा सुधार ल्याउँछ : मन्त्री मेहता
-
जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ
-
४३ देशका लागि संसदीय मैत्री समूह, संयोजक र सदस्य तोकिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण