कानुन कार्यान्वयनमा प्रहरीले कसैसँग सम्झौता गर्दैन : महानिरीक्षक थापा
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरीले कानुन कार्यान्वयनका सिलसिलामा कसैसँग कुनै पनि सम्झौता नगर्ने बताएका छन् । उनले संगठनले लिएको नीति एवं कार्ययोजनाप्रति कटिबद्ध रहन प्रहरीलाई निर्देशनसमेत दिएका छन् ।
लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवल बहुउद्देश्यीय भवनको बिहीबार उद्घाटन गर्र्दै महानिरीक्षक थापाले महिला तथा बालबालिकाविरुद्ध हुने अपराधमा प्रहरी थप समवेदनशील भई जिम्मेवार बन्न निर्देशन दिएका हुन् ।
उनले सीमित साधन, स्रोतका बाबजुद प्रहरीले उत्कृष्ट सेवा प्रदान गर्नुपर्ने बताउँदै नागरिकलाई प्रदान गर्ने सेवामा कुनै पनि सम्झौता गर्न नसक्ने बताए । उनले भने, ‘प्रहरीले जनताप्रति देखाउने व्यवहार र प्रहरी सेवामा सुधार गर्दै क्रियाशील हुनुपर्छ ।’
कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायव महानिरीक्षक मुकुन्दराज आचार्य, लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक रामदत्त जोशीले सम्बोधन गरेका थिए ।
उक्त बहुउद्देश्यीय भवन ७ करोड ७६ लाख रुपैयाँमा निर्माण भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण