गुन्डा नाइके अभिषेक गिरीलाई मोरङ कारागार ल्याइने

अपहरण मुद्दामा कैद भुक्तान गरिरहेका गुन्डा नाइके अभिषेक गिरीलाई मोरङ कारागार ल्याइने तयारी गरिएको छ । कारागार व्यवस्था विभागले गिरीलाई सप्तरीबाट फेरि विराटनगर स्थानान्तरण गर्ने निर्णयसँगै गिरी पुनः मोरङ कारागार आउने भएका हुन् । उनलाई आज मोरङ कारागार ल्याइने तयारी छ ।
कारागार व्यवस्था विभागले गिरीलाई सप्तरीबाट फेरि विराटनगर स्थानान्तरण गरिएको जानकारी पत्र मोरङ कारागार प्रशासनलाई पठाएको निमित्त जेलर रामप्रसाद पोखरेलले बताए । सप्तरी पठाएको १६ दिनपछि उनको विराटनगर सरुवा भएको हो । कांग्रेसनिकट गिरी विराटनगर बासी हुन् । यसअघि मोरङ कारागारमा रहँदा गिरीले जेलभित्रैबाट असुली र फिरौती धन्दा चलाएको आरोप लागेपछि २०७४ चैत २३ गते डिल्लीबजार कारागार सारिएको थियो । २०७८ कात्तिक १६ गते डिल्लीबजार कारागारबाट मोरङ ल्याइएका गिरीलाई कैदीबन्दीको अवरोधपछि जिल्ला कारागार सप्तरी पठाइएको थियो ।
नेपाली काङ्ग्रेस नेताहरुको दबावमा गिरीलाई मोरङ पठाउने निर्णय भएको बताइन्छ । कैदीबन्दीको विरोधपछि कात्तिक १६ गते बिहानमात्रै उनलाई विराटनगर ल्याइयो । गिरीलाई ल्याएपछि कारागारभित्र कैदीबन्दी र बाहिर कैदीबन्दीको आफन्तले प्रदर्शन गरे । स्थिति असामान्य बनेपछि उनलाई सोही दिन सप्तरी सरुवा गरिएको थियो। सप्तरीबाट मोरङ आउने तयारी गरेपछि गिरीलाई ल्याउन नहुने भन्दै कैदीबन्दीले कारागार व्यवस्था विभागमा निवेदन दिएका थिए । तर सप्तरीबाट १७ दिनमै विराटनगर सरुवा भएको हो ।
गत कात्तिक १६ गते गिरीले कारागारमा प्रवेश नपाएपछि गिरीकै योजनामा कात्तिक २४ गते झडप भएको थियो । झडपमा गिरीको विपक्षमा रहेका चौकीदार किरण गुरुङसहित ६ जना घाइते भएका थिए । झडपपछि गिरीको विपक्षमा रहेका चौकीदारसहित १४ जना नाइकेको सरुवा भएको थियो । गुरुङको सरुवापछि गिरीको पक्षमा रहेका कार्तिक कामतलाई चौकीदारको जिम्मेवारी दिइएको थियो । चौकीदारको जिम्मेवारी पाएपछि कामत पनि गिरीलाई प्रवेश गर्न नदिने पक्षमा उभिएका छन् ।
विराटनगरमा रहँदा गुण्डागर्दी गरेपछि अभिषेक गिरीको २०७४ साल चैत २३ गते डिल्लीबजार स्थानान्तरण भएको थियो । उनको सरुवा पछि नवीन राईलाई चौकीदारको जिम्मेवारी दिइएको थियो । पुनः गिरीलाई मोरङ ल्याइने भएपछि राईलाई गत असोज १८ गते झुम्का कारागार स्थानान्तरण गरिएको थियो ।
राईलाई झुम्का लगिएपछि किरण गुरुङलाई मोरङ कारागारमा अर्को व्यवस्था नभएसम्मका लागि चौकीदारको जिम्मेवारी दिइएको थियो । उनको पनि सरुवा भएपछि कार्तिक कामतलाई जिम्मेवारी दिइएको हो । गिरी विराटनगर आए चौकीदारको जिम्मेवारी उनले नै पाउनेछन् । दुई सय ५० जना क्षमता रहेको कारागारमा नौ सय ५३ कैदीबन्दी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा हावाहुरी र वर्षा
-
शान्तिका लागि तयार नभएसम्म राष्ट्रपति पुटिनमाथि दबाब बढाइन्छ : युरोपेली सङ्घ प्रमुख
-
आईसीसी विश्वकप लिग २ शृंखला : एकदिवसीय अभ्यास खेलमा नेपालको जित
-
चितुवाको आक्रमणबाट मृत्यु भएका १४ परिवारलाई १ करोड बढी क्षतिपूर्ति
-
प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवादका अतिथिको सम्मानमा रात्रिभोज
-
सेती नदीमा हाम फालेका युवकको सशस्त्र प्रहरीले गर्यो उद्दार