सफाइकर्मी थिए सुनिल शेट्टीका पिता, संघर्षका दिन सम्झिँदै भए भावुक
हालै बलिउड अभिनेता सुनिल शेट्टी र करिश्मा कपुर ‘इन्डियाज बेस्ट डान्सर–सिजन छु’ को मञ्चमा पुगे । सुनिल शेट्टी र करिश्मा कपुरको जोडीले कार्यक्रममा निकै रमाइलो गरे र जीवनको संघर्षबारे खुलेर कुराकानी गरे । कार्यक्रमका बेला अभिनेता सुनिल शेट्टी आफ्ना पिताबारे कुरा गर्दै भावुकसमेत भए ।
पिताको विषयमा भावुक भए सुनिल शेट्टीः
इन्डियाज बेस्ट डान्सर–सीजन टु’ को सेटमा गेस्ट बनेर पुगेका सुनिल शेट्टीले आफ्ना पिता उनको जीवनको रोल मोडल भएको बताए । उनलाई कसैले ‘तपाईंको हिरो को हो ? ’ भनेर सोधेको खण्डमा उनले सधैं आफ्नो पिताको नाम लिन्छन् । उनका अनुसार सुनिल शेट्टीका पिता एक सफाइकर्मी थिए तर उनलाई आफ्नो काममा कहिल्यै लज्जाबोध भएन ।
सुनिल शेट्टीले भने, ‘मेरा पिताले मलाई ‘जे काम गर्छौ त्यसलाई मनैदेखि गर र त्यसमा गर्व महसुस गर’ भनेर सिकाउनुभयो ।’
करिश्माले बताइन् आफ्नो अनुभवः
सुनिल शेट्टीको कुरा सुनेपछि करिश्मा कपुरले पनि उनीसँग आफ्नो कुरा सेयर गर्दै सुनिल शेट्टीसँग काम गर्दा उनका पितालाई भेट्ने मौका पाएको बताइन् । उनले भनिन्, ‘उहाँ धेरैजसो सुटमा आउनुहुन्थ्यो र निकै गर्व गर्दै आफ्नो छोराको काम हेर्नुहुन्थ्यो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२४ लाख बराबरका मोबाइल, फोन बरामद
-
अब श्रमिक उडाउँदैमा जिम्मेवारी नसकिने, म्यानपावरले अनिवार्य अनुगमन गर्नैपर्ने
-
महिला यात्रुलाई हैरानी पार्ने इनड्राइभ र याङ्गो राइडर पक्राउ
-
स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयकले स्वास्थ्य क्षेत्रमा सुधार ल्याउँछ : मन्त्री मेहता
-
जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ
-
४३ देशका लागि संसदीय मैत्री समूह, संयोजक र सदस्य तोकिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण