शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘तिम्रो हाँसो’ मा एलिजा र प्रहिलको रोमान्स

आइतबार, ०५ मङ्सिर २०७८, १० : ३९
आइतबार, ०५ मङ्सिर २०७८

गायक सुगम पोखरेल र गायिका रानी शाक्यको युगल स्वर रहेको गीत ‘तिम्रो हाँसो’ रिलिज गरिएको छ । दधि अधिकारीको शब्द, कल्याण सिंहको संगीत रहेको गीतमा राहुल प्रधानको एरेन्ज छ ।

गीतको भिडियोमा एलिजा गौतम र प्रहिल कार्कीको रोमान्स देख्न सकिन्छ । सिन्धुपाल्चोकको रमणीयस्थल सुकुटे आसपासका स्थानमा छायाँकन गरिएको भिडियोमा एलिजा र प्रहिलको रोमान्स सुहाउँदो देख्न सकिन्छ । 

भिडियोको निर्देशन प्रहिल कार्कीले नै गरेका हुन् । सुरेन्द्र बसेलको कोरियोग्राफी, आभेश बज्राचार्य छायाँकन रहेको भिडियो माधव बेल्बासेले सम्पादन गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप