शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

आज कुन देशको विनिमयदर कति ?

बुधबार, ०८ मङ्सिर २०७८, ०७ : ४०
बुधबार, ०८ मङ्सिर २०७८

नेपाल राष्ट्र बैंकका अनुसार बुधबारको विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर अधिकतम ११८ रुपैयाँ ७८ पैसा र विक्रीदर ११९ रुपैयाँ ३८ पैसा पुगेको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १३३ रुपैयाँ ७० पैसा र विक्रीदर १३४ रुपैयाँ ३७ पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ एकको खरिददर १५८ रुपैयाँ ८२ पैसा र विक्रीदर १५९ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यता, जापानी यन आज १० को खरिददर नेपाली १० रुपैयाँ ३४ पैसा र विक्रीदर १० रुपैयाँ ३९ पैसा रहेको छ भने चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६० पैसा र विक्रीदर १८ रुपैयाँ ६९ पैसा रहेको बैंकले जनाएको छ । यता साउदी अरेबियन रियाल आज एकको खरिददर ३१ रुपैयाँ ६६ पैसा र विक्रीदर ३१ रुपैयाँ ८२ पैसा रहेकोमा कतारी रियाल आज एकको खरिदर अधिकतम ३२ रुपैयाँ ६२ पैसा र विक्रीदर ३२ रुपैयाँ ७८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप