शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अभिनेता राजेश हमालले किने नयाँ गाडी

शुक्रबार, १० मङ्सिर २०७८, १३ : ३९
शुक्रबार, १० मङ्सिर २०७८

अभिनेता राजेश हमालले नयाँ गाडी फेरेका छन् ।  समाचार बाहिर आएको छ । विगत १३ वर्षदेखि कियाले बजारमा ल्याएको स्पोर्टेज गाडी चढ्दै आएका हमालले अहिले भने नयाँ गाडीको रुपमा जीप कम्पास फेरेका छन् ।

श्रीमती मधु भट्टराईसहित बिहीबार नक्सालस्थित जीप शो रुममा पुगेर हमालले जीप कम्पासको गाडी लिएका हुन् । युवा अवस्थादेखि नै जीपको बारेमा सुन्दै आएको बताएका हमालले जीपको आइकनिक डिजाइन र अफरोड क्षमताबाट आफु प्रभावित भएर गाडी किनेको बताए ।

बिहीबार नै हमाल नयाँ गाडी लिएर श्रीमती मधुका साथ होटल सोल्टीमा आयोजित १३ औं इजरायली चलचित्र महोत्सवमा समेत पुगेका थिए । महोत्सव उद्घाटनपछि हमालले गाडीमै बसेर महोत्सवको पहिलो फिल्म हेरेका थिए ।

बलिउड र हलिउडका कलाकारले गाडी फेरेको समाचार दैनिक सुन्न र देख्न मिल्छ । नेपाली फिल्म क्षेत्रका महानायकले गाडी फेरेको समाचार पहिला चोटी बाँहिर आएको हो । हमालले नयाँ गाडी जीप कम्पास ८४ लाखमा खरिद गरेको बताइन्छ ।

हमाल पछिल्लो समय फिल्म ‘सत्यम्’ अभिनय तयारीमा छन् । करिब ४ बर्षपछि उनी नयाँ फिल्ममा देखिन लागेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप