अभिनेता राजेश हमालले किने नयाँ गाडी
अभिनेता राजेश हमालले नयाँ गाडी फेरेका छन् । समाचार बाहिर आएको छ । विगत १३ वर्षदेखि कियाले बजारमा ल्याएको स्पोर्टेज गाडी चढ्दै आएका हमालले अहिले भने नयाँ गाडीको रुपमा जीप कम्पास फेरेका छन् ।
श्रीमती मधु भट्टराईसहित बिहीबार नक्सालस्थित जीप शो रुममा पुगेर हमालले जीप कम्पासको गाडी लिएका हुन् । युवा अवस्थादेखि नै जीपको बारेमा सुन्दै आएको बताएका हमालले जीपको आइकनिक डिजाइन र अफरोड क्षमताबाट आफु प्रभावित भएर गाडी किनेको बताए ।
बिहीबार नै हमाल नयाँ गाडी लिएर श्रीमती मधुका साथ होटल सोल्टीमा आयोजित १३ औं इजरायली चलचित्र महोत्सवमा समेत पुगेका थिए । महोत्सव उद्घाटनपछि हमालले गाडीमै बसेर महोत्सवको पहिलो फिल्म हेरेका थिए ।
बलिउड र हलिउडका कलाकारले गाडी फेरेको समाचार दैनिक सुन्न र देख्न मिल्छ । नेपाली फिल्म क्षेत्रका महानायकले गाडी फेरेको समाचार पहिला चोटी बाँहिर आएको हो । हमालले नयाँ गाडी जीप कम्पास ८४ लाखमा खरिद गरेको बताइन्छ ।
हमाल पछिल्लो समय फिल्म ‘सत्यम्’ अभिनय तयारीमा छन् । करिब ४ बर्षपछि उनी नयाँ फिल्ममा देखिन लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘राष्ट्र बैंकको प्रावधानले गहना व्यवसायी समस्यामा’
-
सिक्री लुटेको आरोपमा किशोर पक्राउ
-
सिटीलाई ऐतिहासिक लगातार चौथो लिग उपाधि
-
पोखरामा लागुऔषध सेवनकर्ता विरुद्ध प्रहरीको स्विप अपरेसन
-
राहुल गान्धीले भने- ‘सत्तामा आएपछि अग्निवीर योजनालाई डस्टबिनमा फाल्छौँ’
-
इरानी राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना हुनुअघिको तस्बिर सार्वजनिक