कांग्रेसको चुनावी प्रचारप्रसार शनिवारदेखि, वामगठबन्धन प्रति आक्रामक हुने संकेत
काठमाडौं–नेपाली कांग्रेसले आगामी शनिवारदेखि चुनावी अभियान शुरु गर्ने भएको छ । नेपालको पूर्वी पहाडी जिल्लाबाट चुनावी प्रचार प्रसार शुरु गरिने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
एक नम्वर प्रदेशको ताप्लेजुङबाट चुनावी अभियान शुरु गर्न लागिएको नेपाली कांग्रेस केन्द्रिय निर्वाचन परिचालन तथा प्रचारप्रसार समन्वय उपसमितीका संयोजक बालकृष्ण खाँणले जानकारी गराए । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शनिवार तीन जिल्लामा चुनावी अभियानमा सहभागी हुने वताइएको छ । ताप्लेजुङबाट उद्धाटन गरिएको चुनावी प्रचार प्रसार सकेर सोहि दिन प्रधानमन्त्री पाँचथर र सोलुखुम्वुका कार्यक्रममा पनि सहभागी हुने वताइएको छ ।
चुनावी प्रचार प्रसारका लागि सातै प्रदेशमा मिडिया सेन्टर स्थापना गरिने खाँणले जानकारी गराए । देशभर नेपाली कांग्रेसमा संगठित छ लाख कार्यकर्ता चुनावी अभियानमा खट्ने खाँणले बताए । टिकट वितरणका क्रममा केहि स्थानमा कार्यकर्ताहरुको असन्तुष्टि रहेको भएपनि नेपाली कांग्रेसलाई विजयी गराउन संगठित सदस्यहरु चुनावी कार्यक्रमका लागि परिचालन भइसकेको उनले वताए ।
वाम गठबन्धन प्रति आक्रामक देखिएका खाँणले अहिले सोंचे भन्दा पृथक रुपमा नतिजा निस्कने वताए । खाँणले नेपाली कांग्रेसले प्रतिनिधी तथा प्रदेश सभामा स्पष्ट वहुमत ल्याउने दावी गरे । वामगठबन्धनले मुलुकलाई कम्युनिष्ट शासनका लागि प्रयोगशाला बनाउन निर्वाचन उपयोग गर्न लागेको हो भने बामगठबन्धनको लागि यो निर्वाचन अन्तिम हुने चेतावनी दिए ।
बाम गठबन्धनका कारण लोकतन्त्र रहन्छ कि रहंदैन भन्ने नेपाली कांग्रेसलाई चिन्ता बढेको वताए । नेपाली कांग्रेसले प्रतिनिधी सभाका १६५ क्षेत्र मध्य १५४ उम्मेदवारी दिएको उनले वताए । समानुपातिक तर्फ नेपाली कांग्रेसलाई झनै बढि मत प्राप्त हुने खाँणले दावी गरे । सवै निर्वाचन क्षेत्रका लागि उम्मेदवारलाई उठाउन नसकेका एमाले – माओवादी केन्द्रले कसरी दुई तिहाई ल्याउँछन? उनले प्रश्न गरे । स्थानीय तहको मतले हौसिएको वामगठबन्धनका कतिपय मुख्य नेताहरुको जमानत जफत हुने उनले दावी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण