शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

कांग्रेसको चुनावी प्रचारप्रसार शनिवारदेखि, वामगठबन्धन प्रति आक्रामक हुने संकेत

बुधबार, २२ कात्तिक २०७४, १६ : ५२
बुधबार, २२ कात्तिक २०७४

काठमाडौं–नेपाली कांग्रेसले आगामी शनिवारदेखि चुनावी अभियान शुरु गर्ने भएको छ । नेपालको पूर्वी पहाडी जिल्लाबाट चुनावी प्रचार प्रसार शुरु गरिने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । 
एक नम्वर प्रदेशको ताप्लेजुङबाट चुनावी अभियान शुरु गर्न लागिएको  नेपाली कांग्रेस केन्द्रिय निर्वाचन परिचालन तथा प्रचारप्रसार समन्वय उपसमितीका संयोजक बालकृष्ण खाँणले जानकारी गराए । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शनिवार तीन जिल्लामा चुनावी अभियानमा सहभागी हुने वताइएको छ । ताप्लेजुङबाट उद्धाटन गरिएको चुनावी प्रचार प्रसार सकेर सोहि दिन प्रधानमन्त्री पाँचथर र सोलुखुम्वुका कार्यक्रममा पनि सहभागी हुने वताइएको छ । 
चुनावी प्रचार प्रसारका लागि सातै प्रदेशमा मिडिया सेन्टर स्थापना गरिने खाँणले जानकारी गराए । देशभर नेपाली कांग्रेसमा संगठित छ लाख कार्यकर्ता चुनावी अभियानमा खट्ने खाँणले बताए । टिकट वितरणका क्रममा केहि स्थानमा कार्यकर्ताहरुको असन्तुष्टि रहेको भएपनि नेपाली कांग्रेसलाई विजयी गराउन संगठित सदस्यहरु चुनावी कार्यक्रमका लागि परिचालन भइसकेको उनले वताए ।
वाम गठबन्धन प्रति आक्रामक देखिएका खाँणले अहिले सोंचे भन्दा पृथक रुपमा नतिजा निस्कने वताए । खाँणले नेपाली कांग्रेसले प्रतिनिधी तथा प्रदेश सभामा स्पष्ट वहुमत ल्याउने दावी गरे । वामगठबन्धनले मुलुकलाई कम्युनिष्ट शासनका लागि प्रयोगशाला बनाउन  निर्वाचन उपयोग गर्न लागेको हो भने बामगठबन्धनको लागि यो निर्वाचन अन्तिम हुने चेतावनी दिए । 
बाम गठबन्धनका कारण लोकतन्त्र रहन्छ कि रहंदैन भन्ने नेपाली कांग्रेसलाई चिन्ता बढेको वताए । नेपाली कांग्रेसले प्रतिनिधी सभाका १६५ क्षेत्र मध्य १५४ उम्मेदवारी दिएको उनले वताए । समानुपातिक तर्फ नेपाली कांग्रेसलाई झनै बढि मत प्राप्त हुने खाँणले दावी गरे । सवै निर्वाचन क्षेत्रका  लागि उम्मेदवारलाई उठाउन नसकेका एमाले – माओवादी केन्द्रले कसरी दुई तिहाई ल्याउँछन? उनले प्रश्न गरे । स्थानीय तहको मतले हौसिएको वामगठबन्धनका कतिपय मुख्य नेताहरुको जमानत जफत हुने उनले दावी गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लिलु डुम्रे
लिलु डुम्रे

लिलु डुम्रे रातोपाटीका संवाददाता हुन् ।

लेखकबाट थप