शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

उद्योग वाणिज्य महासंघ र स्कूल अफ म्यानेजमेन्टले सहकार्य गर्ने

सोमबार, १३ मङ्सिर २०७८, २० : १०
सोमबार, १३ मङ्सिर २०७८

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र त्रिभुवन विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्टले संस्थागत सहकार्य गर्ने भएका छन् । दुवै संस्था इन्डष्ट्रि एकेडेमी मञ्च गठन गरी सहकार्य गर्न सहमत भएका हुन् ।

महासंघको वस्तुगत परिषद् र म्यानेजमेन्टले आइतबार महासंघ सचिवालयमा आयोजना गरेको छलफल कार्यक्रममा उक्त प्रतिबद्धता व्यक्त भएको हो । कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले भने, ‘हामी सहकार्य गर्न तयार छौं । इन्डष्ट्री अकेडेमिया गठन गरी सहकार्य गर्ने कुरामा हाम्रो सहमति छ ।’ महासंघ र त्रिविबीच सहकार्य हुन सके मुलुकले देखेको समृद्धिको सपना साकार पार्न सकिने गोल्छाको भनाई छ ।

महासंघले साना तथा मझौला उद्योग, स्टार्टअप र मेडइन नेपाल जस्ता अभियानलाई विशेष जोड दिइ अगाडि बढाएकाले यसका लागि दक्ष जनशक्ति पहिलो आवश्यकता हो । जनशक्ति विकासमा त्रिविबाट ठूलो सहयोग हुन सक्ने सम्भावना रहेको अध्यक्ष गोल्छाको भनाई छ । यसका लागि दुवै संस्थाबीच एउटा स्थायी संरचना नै तयार गरेर जानुपर्नेमा उनले जोड दिए ।

सो अवसरमा स्कुल अफ म्यानेजमेन्टले तयार गरेको नयाँ कोर्श अफ स्टडीका बारेमा व्यापक छलफल भई त्यसमा उद्यमी व्यवसायीहरुका तर्फबाट सल्लाह सुुझाव समेत संकलन गरिएको छ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका सहायक डिन दिनेशमणि घिमिरेले नेपालको आर्थिक विकासमा निजी क्षेत्रको प्रयासमा प्राज्ञिक क्षेत्रबाट सहयोग गर्न विश्वविद्यालय तयार रहेको बताए । यस कार्यमा महासंघसँग सहकार्य हुने प्रतिबद्धता समेत उनले जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप