शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

लियोनेल मेस्सीलाई कीर्तिमानी सातौँ बालोन डि'ओर

मङ्गलबार, १४ मङ्सिर २०७८, ०५ : ००
मङ्गलबार, १४ मङ्सिर २०७८

लियोनेल मेस्सीले कीर्तिमानी सातौँ पटक बालोन डि'ओर उपाधि जितेका छन् । ३४ वर्षीय पेरिस सेन्ट जर्मेनका फरवार्डले अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । यो उनको पहिलो अन्तर्राष्ट्रिय उपाधि पनि थियो । सन् २०२१ मा उनले ४० गोल गर्न सफल भएका थिए जसमध्ये बार्सिलोनाका लागि २८, पीएसजीका लागि चार र अर्जेन्टिनाका लागि ८ गोल गरेका थिए ।

बायर्न म्युनिख र पोल्याण्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्की दोस्रो, चेल्सी र का मिडफिल्डर जोर्गिन्हो तेस्रो र रियल म्याड्रिडका फ्रेन्च स्ट्राइकर करिम बेन्जेमा चौथो बने । क्रिस्टियानाे रोनाल्डो छैटौँ स्थानमा सीमित बने । विश्वकभरका १८० पत्रकारले बालोन डि'ओरको उपाधिका लागि मतदान गर्दछन् । सन् २०२० मा कोरोना महामरीका कारण यो उपाधि दिइएको थिएन ।

सन् २०१८ बाहेक सन् २००८ देखि २०१९ सम्म मेस्सीले क्रिस्टियानो रोनाल्डोले पालैपालो यो उपाधि जितेका थिए । सन् २०१८ मा लुका मोड्रिचले यो उपाधि जितेका थिए । मेस्सीले यसअघि सन् २००८, २०१०, २०११, २०१२, २०१५ र २०१९ मा यो उपाधि जितेका थिए ।

सन् २०२१ मा ५३ गोल गरेका लेवान्डोस्की उत्कृष्ट स्ट्राइकर घोषित भए भने इटालीलाई सन् २०२० को युरो दिलाएका जियानलुइजी डोनारुम्मा उत्कृष्ट गोलकिपर बने । बार्सिलोनाका १९ वर्षीय पेड्री वर्षको उत्कृष्ट युवा खेलाडी चुनिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप