शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंबाट चोरी भएको मोटरसाइकल रौतहटमा फेला

सोमबार, २० मङ्सिर २०७८, ११ : ०६
सोमबार, २० मङ्सिर २०७८

काठमाडौंबाट चोरी भएको मोटरसाइकल रौतहटमा फेला परेको छ । कार्तिक २१ गते चाबहिलस्थित ओम अस्पतालबाट चोरी भएको बा ४३ प २९१२ नम्बरको पल्सर मोटरसाइकल रौतहटको माधव नारायण नगरपालिका १ दिपही चौकमा चेकजाँचको क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो । 

 पार्किङ गरी राखेको सो म मोटरसाईकल चोरी भएपछि खोजतलासको लागि महानगरीय प्रहरी वृत्त गौशालामा उजुरी परेको थियो । सोही  उजुरीको आधारमा सवारीधनी  गुप्त प्रसाद मिश्रलाई  आज उक्त मोटरसाइकल हस्तान्तरण गरिएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप