शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सिटौला पक्षलाई ‘चिट्ठा’ परेको प्रदेश १ बाट ७३३ महाधिवेशन प्रतिनिधि (सूचीसहित)

बिहीबार, २३ मङ्सिर २०७८, १२ : २०
बिहीबार, २३ मङ्सिर २०७८

नेपाली काँग्रेसको यही साता सम्पन्न प्रदेश अधिवेशन अन्तरगत प्रदेश नम्बर १ मा कृष्णप्रसाद सिटौला पक्षले सभापति जित्यो । संस्थापनइतर पक्षका शेखर कोइरालालगायतले भोट नहाल्दा गुरुराज घिमिरे पराजित भएका थिए भने सिटौला पक्षमा उद्धव थापा विजयी भएका थिए । सो प्रदेशमा थापालाई देउवा पक्षको पनि समर्थन रहेको थियो ।

नेता कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, शेखर कोइराला, शशांक कोइराला, ज्ञानेन्द्रबहादुर कार्कीलगायतका काँग्रेसका हस्तीहरुको गृह प्रदेशबाट आउने प्रतिनिधिको संख्या ७३२ जना रहेको छ । चुनावमा नेताहरुको प्रभावका साथै गुटगत रुपमा प्रतिनिधिको प्रतिनिधित्व हुने निश्चित छ ।

काँग्रेस निर्वाचन समितिले सार्वजनिक गरेको प्रारम्भिक सूचीअनुसार ताप्लेजुङ र पाँचथरबाट २७–२७ जना प्रतिनिधि सहभागी हुनेछन् । यस्तै इलामबाट ५३, झापाबाट १३२, संखुवासभाबाट २६, तेह्रथुमबाट २७, भोजपुरबाट २६, धनकुटाबाट २६ जना प्रतिनिधि सहभागी छन् ।

यस्तै मोरङका ६ निर्वाचन क्षेत्रबाट १५२ जना प्रतिनिधि चयन भएका छन् । यस्तै सुनसरीका ४ निर्वाचन क्षेत्रबाट १०५ प्रतिनिधि चयन भएका छन् भने सोलुखुम्बुबाट २८, खोटाङबाट २५, ओखलढुंगाबाट २७, उदयपुरबाट ५२ जना प्रतिनिधि चयन भएका छन् ।

काँग्रेसको आन्तरिक जीवनमा सबैभन्दा बढी प्रभाव राख्ने कोइराला परिवारको एकछत्र प्रभाव रहेको प्रदेश १ मा यसपटक संस्थापन पक्षले आफ्नो शक्तिशाली उपस्थिति जनाएको छ । संस्थापन पक्षका ७, पौडेल–कोइराला पक्षका ६ र सिटौला पक्षका १ जना जिल्ला सभापतिमा निर्वाचित भएका छन् ।

प्रदेश १ का १४  जिल्लामध्ये ७ वटामा देउवा समूह विजयी बनेको भने ६ वटामा रामचन्द्र पौडेल–शेखर कोइराला पक्षका सभापति छानिएका छन् । झापामा सिटौला पक्षका सभापति छानिए । १४ औ महाधिवेशनमा प्रतिनिधि छनौटको अवस्था पनि बराबरीको अवस्था रहेको दावी गरिएको छ । 
प्रतिनिधिको नामावली हेर्नुहोस् :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप