शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सुनचाँदीको भाउ घट्यो

शुक्रबार, २४ मङ्सिर २०७८, १० : ४६
शुक्रबार, २४ मङ्सिर २०७८

शुक्रबार नेपाली बजारमा सुनचाँदी दुबैको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एकसय रुपैयाँले र चाँदी तोलामा १५ रुपैयाँले घटेको हो ।  घटेको मूल्यअनुसार आज सुन प्रतितोला ९२ हजार २०० रुपैयाँ र चाँदी एक हजार १८५ रुपैयाँमा कारोबार भइरहेको छ । 

गत बिहीबार बजारमा सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ र चाँदी एक हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।  यस्तै, यता तेजाबी सुनको मूल्य समेत गत आज एक सय रुपैयाँले नै घट्दै ९१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप