शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

सहमहामन्त्रीको दावेदार रहेका मीन विश्वकर्माले केन्द्रीय सदस्यबाट पनि लिए उम्मेदवारी फिर्ता

आइतबार, २६ मङ्सिर २०७८, १० : ५७
आइतबार, २६ मङ्सिर २०७८

काँग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका मीन विश्वकर्माले उम्मेदवारी फिर्ता लिएका छन् । दलित तर्फको –खुल्ला पाँच) पदका लागि उम्मेदवारी दिएका उनले आफ्नो नाम हटाइदिन आग्रह गर्दै निर्वाचन समितिलाई पत्र लेखेका हुन् । 
दलिततर्फको खुला ५ पदमा २७ जनाको उम्मेदवारी परेको थियो । यसअघि सहमहामन्त्रीमा दावी गर्दै आएका उनले चुनाव लड्नका लागि आफ्नो उम्मेदवारी समेत घोषणा गरेका थिए । तर देउवा समूहबाट मानबहादुर विश्वकर्मालाई टिकट दिइएपछि ब्याक हुँदै उनले शनिबार केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दर्ता गराएकामा सो उम्मेदवारी पनि फिर्ता लिएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप