आचारसंहिता उल्लंघन गरेको भन्दै प्रहरीले च्यात्यो प्रचार सामग्री (फोटो/भिडियो)
प्रहरीले प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवा सहित अन्य उम्मेदवारहरूको प्रचार सामग्री हटाएको छ । काठमाडौंको भृकुटीमण्डपमा जारी काँग्रेसको १४ औँ महाधिवेशनमा निर्वाचन आचारसंहिता विपरित चुनावी प्रचार सामग्री राखेको भन्दै आइतबार साँझ प्रहरीले ती सामग्री हटाएको हो ।
दिनभरी प्रचार सामग्रीका रुपमा होर्डिङ बोर्ड, फ्लेक्स बोर्ड, ब्यानर, प्रचारका सामग्रीहरु राख्न दिइएपनि साँझ प्रहरीको टोलीले सडक किनारमा रहेका त्यस्ता सामग्री च्यातिरहेको थियो । शनिवार साँझपनि प्रहरीलाई त्यस्ता सामग्री हटाउन हटाएको थियो । आइतबार पनि ठूलो भीडले प्रचार सामग्री राखेपछि साँझ हटाउन लगाएको काँग्रेस महाधिवेशन निर्वाचन समितिका सदस्य एगराज पोखरेलले रातोपाटीलाई बताए ।
पोखरेलले निर्वाचन आचारसंहिता अनुसार भृकुटीमण्डपका कुनै पनि क्षेत्रमा प्रचार सामग्री राख्न नपाइने, चुनाव प्रचार गर्न नपाइने बताउँदै सोमबार मतदानका समयमा अझ कडाइ गरिने बताए । उनले भने, ‘महाधिवेशनस्थलमा चुनाव प्रचारको होर्डिङ बोर्ड राख्न पाइँदैन, मतदान स्थलमा मोबाइल लिएर जान पाइँदैन । आचारसंहिता अनुसार नै हामी भृकुटीमण्डप सफा गरिरहेका छौँ । हिजो भृकुटीमण्डप सफा गरेका थियौँ, आज साँझ पनि प्रहरीले सफा गरेको छ । दिनभरी जुलुस थियो उनीहरुले राखे, अहिले सफा गरिसकेका छौँ ।’
उनले भृकुटीमण्डपदेखि पुतलीसडकसम्म सडकमा राखिएका चुनावी प्रचार सामग्री हटाइने बताए । उनले सोमबार मतदानका समयमा निर्वाचन स्थल आसपास भोट माग्दै जुलुस निकाल्न समेत नपाइने बताए ।
पोखरेलले आचारसंहिता कार्यान्वयन भइरहेको बताएपनि काँग्रेस महाधिवेशनमा उम्मेदवारहरुले आचारसंहिता विपरित प्रचार गरिरहेका छन् । परम्परागत शैलीमा कागज तथा फ्लेक्स छपाइका लागि उनीहरुले ठूलो मात्राको धनराशी खर्च गरेका छन् । यतिबेला भृकुटीमण्डको सडक तथा भित्ताहरु त्यस्ता प्रचार सामग्रीले छपक्कै छोपिएको छ ।
हेर्नुहोस् भिडियो :
फोटो हेर्नुहोस्














खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण