मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

काँग्रेस निर्वाचन–मतदान अन्तिम चरणमा

मङ्गलबार, २८ मङ्सिर २०७८, २० : ५४
मङ्गलबार, २८ मङ्सिर २०७८

नेपाली काँग्रेसको सभापति चयनका लागि जारी मतदान अन्तिम चरणमा पुगेको छ । निर्वाचन समितिका अनुसार मंगलबार राति पौने ९ बजेसम्म करिब ४४०० मत खसेको छ भने अब साढे ३०० भन्दा कम मत खस्न बाँकी रहेको छ । 

राष्ट्रियसभा गृहमा जारी मतदान ९ बनेसम्म तोकिएको छ । काँग्रेसमा कुल मतदाता ४ हजार ७४३ जना भएपछि मत कम खस्ने आँकलन गरिएको छ ।  विदेशस्थित जनसम्पर्क समितिबाट आएका कतिपय प्रतिनिधि स्वदेश फर्किसकेको तथा यहीँका प्रतिनिधि पनि दोहोर्याएर मत खसाल्न नगएकाले मत कम खस्ने देखिएको एक काँग्रेस नेताले बताए । 

सोमबार भएको मतदानमा ४६७९ मत खसेकामा सो भन्दा कम खस्न सक्ने बताइएको छ । काँग्रेसको नेतृत्वका लागि शेरबहादुर देउवा र शेखर कोइराला प्रतिस्पर्धामा छन्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप