बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

काठमाडौँको थलीमा पुरुष मृत फेला

मङ्गलबार, ०८ जेठ २०८१, ०७ : ५४
मङ्गलबार, ०८ जेठ २०८१

काठमाडौँ । काठमाडौँको थलीमा एकजना पुरुष मृत अवस्थामा भेटिएका छन् । थलीबाट साँखुतर्फ जाने उकालोमा करिब ५५ वर्षका पुरुषको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) नवराज अधिकारीले रातोपाटीलाई बताए ।

घटनास्थलमा भक्तपुरको छालिङ्ग ठेगाना भएका कृष्ण नगरकोटीको लाइसेन्स फेला परेको छ । प्रहरी वृत्त बौद्धका डीएसपी राजु पाण्डे नेतृत्वको टोलीले घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप