अब कृषकलाई दिने पशु तालिम कर्मचारी र हाकिमलाई मात्र
काठमाडौं– सरकारले किसानलाई पशुसम्बन्धी तालिम दिने नाममा बार्षिक करोडौ खर्च गर्ने गरको छ । यो वर्ष पनि अधिकृत,सहायक अधिकृत र ११ सय कृषकका लागि भनेर तालिम दिने भनेर ११ करोड ४४ लाख ७४ हजार बजेट विनियोजन भैसको छ ।
तर, गत वर्षको तुलनामा यो वर्ष २ करोड बढि बजेट भए पनि काम भने प्रभावित हुने संकेत देखिएको छ । केन्द्रीय स्तरमा अधिकृत र सहायक अधिकृतलाई दिईने तालिम बाहेक जिल्लास्तरीय सबै तालिम संचालन हुने सम्भावना निकै कम भएको सरोकारवालाहरुले बताएका छन् । अर्थ मन्त्रालयले यो वर्षको बजेट विनियोजन गर्दा स्थानीय निकायमा निशर्तमा पठाएपछि स्थानीय निकायले आवश्यकता अनुसार जुनकुनै क्षेत्रमा पनि उक्त बजेट खर्च गर्न पाउने भएपछि लक्षित कार्यक्रम प्रभावित हुने भएको हो ।
निर्शतमा परेपछि पशुनिर्देशनालयको बजेट पनि बाटो,सडक,विद्यालय र खानेपानी निर्माणको काममा लगाईएको निर्देशनालयका पशु विकास अधिकृत नवरत्न प्रधानले जानकारी दिए ।
उनले केन्द्रले दिने तालिमको बजेट केन्द्रमानै भएकाले अधिकृत र सहायक अधिकृतले भने तालिम पाउने बताए । आ.व २०७४/०७५ मा ११ वटा तालिम संचालन गरिने छ । जसमा अधिकृत र सहायक अधिकृत गरी ७ सय १० जनालाई सहभागी हुने छन् । जसको लागि ७८ लाख बजेट बिनियोजन भैसकेको छ ।
यो वर्षको कृषकको तालिमका लागि मात्रै निर्देशनालयले स्थानिय तहमा १ करोड १३ लाख ७५ हजार बजेट पठाइसकेको छ । गत वर्ष २०७३/०७४ मा १ हजार ७५ जना कृषक ,अधिकृत १ सय ४३ जना अधिकृत र ५ सय ७२ जना सहायक अधिकृत सहभागी थिए । अधिकृतको तालिमको लागी मात्रै ५५ लाख ११ हजार खर्च गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण