शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

बुधबार साँझदेखि काँग्रेस पदाधिकारीको मतगणना सुरु गर्ने तयारी

बुधबार, २९ मङ्सिर २०७८, १५ : २४
बुधबार, २९ मङ्सिर २०७८

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत सोमबार भएको मतदानको मतगणना बुधबार साँझदेखि सुरु गर्ने तयारी भएको छ । सभापतिततर्फको मतगणनाको नतिजा आएसँगै पदाधिकारीतर्फको मतगणना सुरु गर्न लागिएको छ । 

राजधानीको प्रदर्शनीमार्गमा सोमबार भएको मतदानको मतपेटिका पार्टी कार्यालय सानेपामा लगेर राखिएको छ भने सो मतपेटिका बेलुकादेखि खोलेर गणना गर्न सुरु गरिने काँग्रेस निर्वाचन समितिका सदस्य एगराज पोखरेलले जानकारी दिए । उनका अनुसार मतगणनाका लागि आज पार्टी कार्यालयमा बैठक बसेको र सबै प्रक्रिया सुरु गरेर साँझदेखि पदाधिकारीतर्फको गणना सुर गरिनेछ ।

‘बैठक बसेर साँझदेखि पदाधिकारीको मतगणना गर्ने निर्णय गरेका छौँ’, उनले भने, ‘मतगणना दिउँसोदेखि नै गर्न सकिने अवस्था भएपनि गणकहरु धेरै दिनको अनिदो रहेकाले आरामरत हुनुहुन्छ । उहाँहरुलाई सम्पर्क गरेका छौँ, साँझ पार्टी कार्यालयमा आएर गणना सुरु गर्नुहुन्छ ।’

सोमबार भएको मतदानमा ४ हजार ६७९ मत खसेको थियो । सो मत भृकुटीमण्डपबाट पार्टी कार्यालयमा लगेर राखिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप