शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

काँग्रेस उपसभापति पदको मतगणनाको नतिजा आजै रातिसम्म आउने

बुधबार, २९ मङ्सिर २०७८, १८ : ३३
बुधबार, २९ मङ्सिर २०७८

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सोमबार भएको मतदानको उपसभापति पदको मतगणनाको अन्तिम नतिजा आजै रातिसम्म आउने अपेक्षा गरिएको छ । 
पार्टी केन्द्रीय कार्यालयमा आज साँझ ६ः१५ बजेदेखि मतगणना सुरु भएको थियो । 

मतगणना तीन स्थानमा गरिएकाले आजै रातिसम्म नतिजा आउने अनुमान गरिएको निर्वाचन समितिको भनाइ छ । 

 सोमबार भएको मतदानमा उपसभापति दुई  पदका लागि विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, महेश आचार्य, सुजाता कोइराला, डा चन्द्र भण्डारी, धनराज गुरुङ, दिव्येश्वरी शाहले उम्मेदवारी दिएका थिए । मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । उपसभापतिको पछि अन्य पदको गणना हुनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप