मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

उपसभापतिको मतगणनामा अग्रता बनाएपछि सानेपा पुगे धनराज

बुधबार, २९ मङ्सिर २०७८, २१ : २२
बुधबार, २९ मङ्सिर २०७८

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापतिको जारी मतगणनामा १२ सय मत गन्दा धनराज गुरुङले अग्रता बनाएका छन्। अग्रता बनाइरहँदा उनी मत गणना स्थल सानेपास्थित पार्टी कार्यालय पुगेका हुन् । गणनामा उनलाई पूर्णबहादुर खड्काले पछ्याइरहेका छन् । काँग्रेसमा दुई जना उपसभापति निर्वाचित हुने व्यवस्था छ ।

हालसम्म  १२०० मतपत्र गन्दा अग्रतामा रहेका विजयकुमार गच्छदारले ४५४ मत, पूर्णबहादुर खड्काले ५०१ मत, चन्द्र भण्डरीले ४७२ मत र धनराज गुरुङले ५४३ मत प्राप्त गरेका छन् । त्यस्तै दिव्यश्वरी शाहले ३७, सुजाता कोइरालाले १३८ र महेश आचार्य १३३ मत प्राप्त गरेका छन् । एउटा मतपत्रमा दुई भोट हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप