मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

पुनः मतगणनाको निवेदन लिएर गच्छदार सानेपातिर

बिहीबार, ०१ पुस २०७८, ०१ : १७
बिहीबार, ०१ पुस २०७८

नेपाली काँग्रेस १४ औं महाधिवेशनमा उपसभापति पदको  मत परिणामप्रति शेरबहादुर देउवा पक्षका उम्मेदवार विजय गच्छदारले असहमति जनाएका छन् । गच्छदार पुनः मतगणना हुनुपर्ने मागसहितको निवेदन लिएर काँग्रेस केन्द्रीय कार्यालयमा आउने भएपछि अहिले मत परिणाम घोषणाको कार्यक्रम रोकिएको छ । 

यसअघि निर्वाचन समितिले देउवा पक्षका पूर्णबहादुर खड्का र शेखर कोइराला पक्षका धनराज गुरुङले उपसभापति पदमा विजयी हासिल गरेको कुरा अनौपचारिक रुपमा जानकारी दिएपनि औपचारिक रुपमा घोषणा गरिसकेको छैन । 

 शेखर कोइराला प्यानलका धनराज गुरुङ १९०८ मत ल्याएर विजयी भएका छन् । गच्छदारले भने १९०६ मत प्राप्त गरेका छन् । २ मत अन्तरले पराजित भएका गच्छदारले पुनः मतगणनाको माग गरेका हुन् ।

यसअघि धनराजले पनि सय मत पुनः गणना गराएका थिए । बुधबार उपसभापति पदको मतगणना काँग्रेस केन्द्रीय कार्यालयमा सानेपामा गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप