बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

मिनेन्द्र रिजालले ४ बजे रक्षा मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै

बिहीबार, ०१ पुस २०७८, १४ : ४३
बिहीबार, ०१ पुस २०७८

नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदमा पराजय भोगेपछि मिनेन्द्र रिजालले रक्षामन्त्रीबाट राजीनामा घोषणा गरेका छन् । अपराह्न ४ बजे मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत आफ्ना कुरा ब्यक्त गर्ने रिजालको तयारी छ । उनले सामाजिक सञ्जालमार्फत अन्तिम मत परिणाम आएपछि पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा पेश गर्ने बताएका छन् । 

महाधिवेशनमा सभापतिका उम्मेदवार शेखर कोइराला समूहबाट महामन्त्रीमा उम्मेदवारी दिएका रिजाल हालसम्म ३१ सय २० मत गन्दा ५ सय ४६ मत ल्याएर चौथो स्थानमा रहेका छन् । आफ्नो पराजय निश्चित भएपछि उनले राजीनामा घोषणा गरेका हुन् । 

उनले काङ्ग्रेसको चौधौं महाधिवेशनमा आफुले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको बताएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप