मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

सह-महामन्त्रीमा विश्वकर्माको अग्रता,  परियारले पाए कति मत ?

बिहीबार, ०१ पुस २०७८, २० : १८
बिहीबार, ०१ पुस २०७८

नेपाली काँग्रेसको सहमहामन्त्रीमा  मानबहादुर विश्वकर्मा र जीवन परियारबीच कडा टक्कर देखिएको छ ।  १७  सय ८० मत गणना हुँदा विश्वकर्माले ७ मत अग्रता लिएका हुन् ।

परियारले ८३१ मत ल्याएका छन् भने  मानबहादुर विश्वकर्माले ८३९ मत पाएका छन् । यस्तै गंगा सुनारले ७० मत ल्याएकी छन् । 

परियार शेखर कोइराला प्यानलका सहमहामन्त्रीका उम्मेदवार हुन् भने विश्वकर्मा शेरबहादुर समूहबाट  चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । सुनुवार भने स्वतन्त्र उम्मेदवार हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप