भोजपुरका अग्निपीडित परिवारलाई नगद हस्तान्तरण
भोजपुर । भोजपुरका दश अग्निपीडित परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ । पीडितपरिवारलाई विदेशमा रहेका नेपालीबाट सङ्कलित रु दुई लाख ८३ हजार आठ सय १० हस्तान्तरण गरिएको हो ।
गत चैत ३ गते भोजपुर नगरपालिका–१२ टक्सारका पाँच परिवार र वैशाख ११ गते सोही नगरपालिका–८ पोखरेका पाँच परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ ।
कोशी प्रदेशसभा सदस्य विनोद वान्तावाले पीडितलाई प्रतिपरिवार रु २८ हजार तीन सय ७१ का दरले राहत हस्तान्तरण गरेका छन् । हङ्कङ–भोजपुर सेवा समाजका अध्यक्ष इन्द्रराज श्रेष्ठको पहलमा रकम सङ्कलन गरिएको हो ।
बन्दीलाई सोलार सेट वितरण
जिल्ला कारागारका बन्दीलाई रामप्रसादराई गाउँपालिकाले सोलार सेट हस्तान्तरण गरेको छ । गाउँपालिकाले रु ७० हजार बराबरको ‘सोलार सेट’ वितरण गरेको गाउँपालिका अध्यक्ष थामबहादुर राईले जानकारी दिए । कारागारमा चार महिला, एक बालक र एक सय तीन पुरुष गरी एक सय आठजना बन्दी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण