छत्तीसगढको बस्तरमा प्रहरीसँगको भिडन्तमा चार माओवादीको मृत्यु
नयाँ दिल्ली । छत्तीसगढको माओवादी प्रभावित जिल्ला नारायणपुरमा भएको भिडन्तमा चार माओवादी मारिएको दाबी प्रहरीले गरेको छ । प्रहरीका अनुसार माओवादी विरुद्धको कारवाहीका लागि अलग अलग टोलीलाई नारायणपुरको माढ क्षेत्रमा निस्किएको थियो । यस क्रममा प्रहरी र माओवादीबीच भिडन्त भएको र चार माओवादी मारिएको प्रहरीले बताएको छ ।
अहिले पनि सो क्षेत्रमा प्रहरीले खोजीकार्य जारी राखेको छ । ‘मारिएका माओवादीको सङ्ख्या बढ्न सक्ने सम्भावनालाई नकार्न सकिँदैन । कयौँ माओवादी घाइते भएको प्रमाण पनि भेटिएको छ । सुरक्षा बलको सम्पूर्ण टोली घटनास्थलबाट फर्केपछि मात्रै अन्तिम स्थिति बताउन सकिनेछ’ वरिष्ठ प्रहरी अधिकारीले बीबीसीलाई भने ।
यही महिनाको १६ तारिखमा छिमेकी जिल्ला काँकेरको कालपर र हिदूरको जङ्गलमा भएको भिडन्तमा सुरक्षा बलले २९ माओवादी मारेको दाबी गरेको थियो । यसबाहेक भिडन्तको अर्को घटनामा १३ माओवादी मारिएका छन् । यस वर्ष जनवरीदेखि मुठभेडका छुट्टाछुट्टै घटनाहरूमा सुरक्षा बलहरूले बस्तरमा मुठभेडहरूमा ८० भन्दा बढी माओवादी मारिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
-
नाचगानमा रास्वपा महाधिवेशन प्रतिनिधि (भिडियाेसहित)
-
विश्वकपमा केप भर्डेको सनसनी, इतिहास रच्ने संघारमा
-
इजरायली प्रधानमन्त्रीका दाजु ५० वर्षअघि कुन मिसनमा मारिएका थिए ?
-
जिप्रका रूपन्देहीद्वारा २७ हजार ४६२ नागरिकता वितरण
-
फिल्म ‘रोल नं १’ ले डेढ करोड बढी कमाउँदा ‘कुम्भ’ ले कमायो ४ लाख !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण